Sansar News- Nepal's Fast Khabar Online News Portal

सुर्खेत–हिल्सा सडकमा चीनले सहयोग गर्ने

संसार न्यूज़
१ महिना पहिले
सुर्खेत–हिल्सा सडकमा चीनले सहयोग गर्ने

२८ असोज, काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सुर्खेत–हिल्सा सडक आयोजना निर्माणका लागि चीनले सहयोग गर्ने बताए। नीतिगत रुपमा चीनले सहयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको उनले बताएका हुन् ।

वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री ज्वालाले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणले कर्णालीको विकासमा अवसरको ढोका खोलेको बताए । “सुर्खेत–हिल्सा सडक निर्माण कर्णाली सरकार गठनसँगैको प्रतिबद्धता हो”, उनले भने, “यस विषयमा हामीले सङ्घीय सरकारसँग पनि कुरा राख्दै आएका थियौँ ।” सडक निर्माणका लागि चाइना रेल्वे कम्पनीसँग सम्झौता भइसकेको मन्त्री ज्वालाले बताए ।
सुर्खेतदेखि हिल्सासम्म निर्माण गर्न लागिएको सो सडकको लम्बाइ ४०३ किमी छ । रु ५० अर्बको लागतमा उक्त आयोजना निर्माण गरिने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सिबीचको भेटवार्तामा सुर्खेत–हिल्सा सडक निर्माणको विषयलाई पनि उठाएको हुँदा निर्माण गर्न सहयोग हुने निश्चित भएको मन्त्री ज्वालाले बताए । सम्झौताले सम्भावनाको ढोका खुलेको भन्दै मन्त्री ज्वालाले यसलाई कर्णाली सरकारले अति प्राथमिकता दिएर अघि बढेको बताए । “यसलाई सुर्खेत–हिल्सा फास्ट ट्र्याकको रुपमा विकास गर्छौँ”, उनले भने ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…