Sansar News- Nepal's Fast Khabar Online News Portal

सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबद्र्धन

संसार न्यूज़
७ महिना पहिले
सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबद्र्धन

२९ असोज, सर्बिया । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधि नेपाल भ्रमणका लागि निम्ता गरिएको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रबद्र्धन सामाग्री हस्तान्तरण गरिएको हो । आईपीयूमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डल बेलग्रेडमा छ ।

यसैक्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यहरुले नेपाल भ्रमणका लागि सहभागीहरुलाई निम्ता गरिएको छ । प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी रहेका छन् ।

त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभासचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी छन् । नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य भएको आईपीयूको १४१औं सम्मेलन अक्टोबर १७ सम्म चल्नेछ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…