back

एनआरएनए सललाहद्धारा मनितालाई आर्थिक सहयोग

वि.सं.२०७३ मंसिर १४ मंगलवार

138 

shares
NTC AD
Global IME AD

tudu

गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानको क्षेत्रिय समिति  सललाह (एनसीसी) ले घाइते मनिता टुडुलाई ३० हजार रुपैयाँ आर्थिक  सहयोग गरेको छ ।
उक्त रकम  एनआरएनए  ओमानका केन्द्रीय सदस्य टिका धिताल र क्षेत्रिय समिति सललाहका संयोजक  टिका दाहालले टुडुकै घरमा पुगेर  स्थानीय समाजसेवीको  उपस्थितिमा रकम हस्तान्तरण गरेका थिए ।
बैदेशिक रोजगारका क्रममा  ओमानको सललाहमा पुगेकी झापा कन्काइ नगरपालिकाकी २५ वर्षीया  मनिता टुडु  ६ वर्ष अघि  ओमानको सललाहमा पुगेकी थिईन् ।   काम गर्ने क्रममा जुलाई २६ का दिन घरमा आगोलागी भएपछि  ज्यान बचाउन झ्यालबाट हाम फाल्ने क्रममा घाइते भएकी थिईन ।
झया्लबाट हाम फालेकी उनको  ढाड र हात खुट्टा  भाचिएको थियो ।  सुल्तान काबुस अस्पताल सललाहमा  झण्डै  एकमहिना उपचार पश्चात  टुडु  घर  फर्किएकी छन् ।
नेपालमा पनि डाक्टरको रेगलुर चेकअपमा रहेकी मनिताले पुरा सन्चो हुन अझै दुई तीन महिना लाग्ने बताएकी छन् ।  मनिताले  ओमानमा रहेका दाजुभाइ दिदी बहिनी, आफूलाई तीन महिना घरमा राखेर उपचार तथा सहयोग गर्ने, कला भण्डारी,   नेपाली महिला समुह सललाह र नेपाली एकता समाज  ओमानलाई हार्दिक धन्यवाद दिएकी छन् ।  उनको खुट्टामा रड राखिएको छ । डाक्टरले  अझै  दुई तीन महिना पुरा आराम गर्नुपर्छ  भनेका छन् ।
“नेपाली एकता समाज ओमानले २७ हजार रुपैयाँ,  नेपाली महिला समुह ओमानले ५१ हजार र  एनआरएनए सललाहले ३० हजार सहयोग गर्नु भएको छ । उहाँहरुको सहयोगप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु ।” मनिताले संसारन्जुलाई बताईन् ।
“आगो लागेपछि  ज्यान बचाउन भाग्दा घाइते भए ।   मालिकले उपचार गर्न मानेको थिएन,” मनिताले भनिन् “तर,  मस्कटमा रहेको नेपाली एम्बेसी र सललाहका नेपाली दाजभाइ तथा दिदी बहिनीले  दवाव दिएपछि उपचार गर्न राजी भएको थियो मालिक ।”

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०६:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...