Sansar News- Nepal's Fast Khabar Online News Portal

म्याड्रिडमा प्रथमपटक ‘एनआरएनए स्पोर्टस मिट २०१९’ हुने

संसार न्यूज़
७ महिना पहिले
म्याड्रिडमा प्रथमपटक ‘एनआरएनए स्पोर्टस मिट २०१९’ हुने

म्याड्रिड । गैरआवासीय नेपाली संघ स्पेनको म्याड्रिड क्षेत्रिय समितिले प्रथमपटक एनआरएनए स्पोट्स मिट–२०१९ को आयोजना गर्न गइरहेको छ ।

यहि १० नोभेम्बरका दिन हुन गइरहेको उक्त एनआरएनए–म्याड्रिडका अध्यक्ष सुजिल गोलेको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार ‘प्रथम एनआरएनए स्पोट्स मिट–२०१९’ यहि १० नोभेम्बरका दिन आयोजना गर्ने भएको हो ।

जसमा युरोपस्तरिय ७-ए साइड फुटबल (पुरुष) प्रतियोगिता हुनेछ । अध्यक्ष गोलेका अनुसार स्पेनमा रहेका हरेक क्षेत्रलाई साथै छिमेकी राष्ट्रहरुलाई (पोेर्तुगल,फ्रान्स,बेल्जिम) स्पोट्स मिट–२०१९ सम्बन्धि पत्रचार गरिसकिएको छ ।

उक्त प्रतियोगिताको तयारीका लागि सम्पूर्ण संयोजक र उपसमिति समेत गठन गरिसकिएको र एभरेष्ट एफ.सि, म्याड्रिडसँग पनि समन्वय गरिसकिएको बताइएको छ ।

एनआरएनए स्पोट्स मिट–२०१९ का लागि संयोजक, संघका सचिव सागर श्रेष्ठ(भोटे)लाई चयन गरिएको छ ।
युरोपस्तरिय ७-ए साइड फुटबलसँगै, महिला र पुरुष ब्याड मिन्टन प्रतियोगिता (सिङ्गल-डु) र सानानानी बाबुहरुको लागि चम्मा दौड÷सम रेस हुनेछ ।

फुटबल टिम दर्ता शूल्कको जानकारी शीघ्र गराईने बताउँदै ब्याड मिन्टन दर्ता शूल्क १० युरो प्रति व्यक्ति रहेको र साना नानीबाबुहरुले निशूल्क दर्ता गर्न पाउने जानकारी समेत दिइएको छ ।

विजेताहरुलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उक्त स्पोट्स मिट–२०१९ सफल पार्न सहयोग स्वरुप, म्याड्रिडमा रहेको नेपाली ईसाइ मण्डलीले खेलाडिहरुलाई हौसला प्रदान गर्न पानी, जुस र फलफूलको व्यवस्गर्ने पनि जानकारी दिइएको छ ।

प्रथमपटक म्याड्रिडमा सम्पन्न हुन गइरहेको युरोपस्तरीय फुटबल प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि म्याड्रिडमा रहेका हरेक संघ–संस्थाले सहयोग गर्ने आसा गरिएको पनि आयोजकका तर्फबाट सचिव सागर भोटेले जनाएका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ६ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…