Sansar News- Nepal's Fast Khabar Online News Portal

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

– सुशीला रेग्मी
४ हप्ता पहिले
बाख्रापालनले उठायो ग्रामीण महिलालाई

३० असोज, बेझाड । ‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उनको दैनिकी बदलिएको छ ।

विगतमा दुई छोराछोरीको पठनपाठन, घरायसी खर्च धान्न धौ धौ भए पछि अर्थोपार्जन लागि उनले २०६९ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गरिन । बाख्रापालनका लागि हेफर इन्टरनेशनल नेपालबाट दश वटा माउ बाख्रा उपहार पाएपछि उनिमा हौसला थपियो । बाख्रापालन शुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर उनि दङ्ग छिन् ।

“बाख्रा पालेर छोटो समयमा राम्रो आम्दानी भएको छ, पहिला दुई चार पैसा ऋण सापटी नदिने आफन्त, टाढिने छिमेकी अहिले नजिकिन थालेका छन्,” उनले विगतका दिन सम्झँदै भनिन – “श्रीमान् श्रीमती मात्र घरमा छौँ । दुई जनाले व्यवसाय धानेका छौँ । व्यवसाय बढाउँदै लाने सोच छ ।”

पाँडेले गत वर्ष मात्र ११ खसीबोका बिक्री गरी दुई लाख आम्दानी गरिन । वर्षमा करीव १२÷१५ वटासम्म खसीबोका बिक्री गर्ने उनको फार्ममा हाल २५ माउ बाख्रासहित ५० बाख्रा छन् ।

खसीबोका बिक्रीबाट हुने आम्दानी गाउँकै सहकारीमा बचत गर्दै आएकि छन उनले । हालसालै मात्र छ खसीबोका बिक्रीबाट रु ९० हजार कमाइ गरिन । आधुनिक खोर निर्माण गरेपछि उत्पादन वृद्धि हुदै गएको उनले बताइन ।

गाउँमा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारीले गाउँ गाउँ पुगेर खसीबोका सङ्कलन गरी बिक्रीका लागी बजारको व्यवस्था गरेपछि सिङ्गो गाउँ नै यतिखेर बाख्रापालनतर्फ आकर्षित बनेको छ ।

सहकारीले तीन वर्ष अघिदेखि गाउँमा पुगेर कृषकले उत्पादन गरेका खसीबोका सङ्कलन गरी ग्राहकसम्म पु¥याउँदै आएको छ । कृषकलाई बजार खोज्ने समस्या छैन । वर्षमा करीब एक हजार खसीबोका सङ्कलन गरी बजार लैजाने गरेको सहकारीका व्यवस्थापक कृष्णमायाँ पाँडे मगर बताउछिन ।

“गत वर्ष ९५० खसीबोका सङ्कलन गरी बजार लग्यौँ,” उनले भनिन – “ यस वर्षको दशैंमा मात्रै २०५ वटा बिक्री गर्न सक्यौँ । तिहारसम्म ४०० पु¥याउने योजना छ ।” सहकारी आफैंले व्यापारी तथा ग्राहकमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था गरेपछि बिक्रीका लागि झण्झट नभएको अर्की बाख्रापालक लक्ष्मी आलेले बताईन । आलेले यस पटकको दशैमा खसीबोका बिक्री गरेर रु ६५ हजार आम्दानी गरिन । “बाख्रा पालेर राम्रै कमाई भएको छ, सहकारीले बिक्री गर्ने व्यवस्था गरेपछि व्यवसाय गर्न हौसला मिलेको छ,” उनले थपिन।

दुर्गामाया सारुले पनि खसीबोका बिक्रीबाट राम्रै आम्दानी गर्दै आएकि छन् । बाख्रापालन व्यवसाय शुरु गरेपछि उहाँलाई चाडपर्वमा खर्च जुटाउन कुनै पिरलो छैन । सारुले खसीबोका बिक्रीबाट हालसालै रु ४७ हजार कमाइन ।

सहकारीले एक महिनामा कम्तीमा ४० र बढीमा ७० वटासम्म खसीबोका बजार पु¥याउने गरेको छ । यसरी खसीबोका गाउँबाट बजार पु¥याएर खपत गरेबापत सहकारीले प्रतिकिलो रु पाँच लिने गरेको छ । सो रकम संस्थाको कोषमा जम्मा हुँदै आएको छ ।

सानो ठूलो तौल अनुसार प्रतिकिलो न्यूनतम ३९० देखि ४५० सम्ममा ज्यँुदो खसीबोका बिक्री हुँदै आएको छ । कृषकले सहकारीमा खबर गरेपछि सहकारीका सञ्चालक समिति सदस्य घर घर पुगेर सङ्कलन गर्ने र बजार पठाउने गर्छन् । कृषकका खसीबोका बजार पु¥याउन सहकारीले पाँच स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ । सहकारीमा गाउँका ६१५ महिला आबद्ध छन् । सबैका घरघरमा बाख्रा पालिएको छ । कम्तीमा एक परिवारले चारदेखि बढीमा ७० सम्म बाख्रा पालेका छन् ।

सहकारीले गाउँमै पुगेर खसीबोका खरिद गर्न थालेपछि व्यावसायिक बाख्रापालनमा महिलाको आकर्षण बढ्दै गएको सहकारीका अध्यक्ष गङ्गीसरा सिङ्जाली बताउछिन । उनका अनुसार वर्षमा एक परिवारले न्यूनतम ५० हजारदेखि तीन लाखभन्दा खसीबोका बिक्रीबाट आम्दानी लिइरहेका छन् ।

परम्परागत शैलीमा बाख्रापालन गरेका कृषकलाई उत्पादन वृद्धि गर्न आधुनिक खोर व्यवस्थापनमा ५० प्रतिशत सहयोग गरेपछि गाउँभरि नै बाख्रापालनको लहर आएको उनले बताइन ।

जिल्लाकै विकट र दुर्गममा पर्ने यस क्षेत्रका कृषकका उत्पादनलाई उपहार सामाजिक महिला उद्यमी सहकारीले बजार पु¥याइदिने प्रबन्ध मिलाएका कारण यहाँका महिला प्रतिष्पर्धामा गर्ने भावना जागेको छ । यस गाउँका महिलालाई अहिले बाख्रापालन आम्दानीको गतिलो माध्यम बनेको छ । आय वृद्धिसँगै यहाँका महिलाको दैनिकी नै बदलिएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…