back

वाणिज्य बैंकद्वारा निःशुल्क प्रशिक्षण दिँदै

वि.सं.२०७६ असोज ३० बिहीवार

228 

shares
NTC AD
Global IME AD

३० असोज, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ ।

वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो ।

आज यहाँ पत्रकार सम्मेलन गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५५ वर्षको गर्विलो इतिहास बोकेको बैंकले युवा वर्गको वृत्तिविकासका निम्ति प्रशिक्षण कार्यक्रम ल्याएको जानकारी दिँदै भने, “प्रदेश नं ३ को अनुभवका आधारमा सातवटै प्रदेशमा प्रशिक्षण विस्तार गरिनेछ ।”

व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् ।

बैंकले गत आव २०७५/०७६ मा पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब, कर्जा रु एक खर्ब ४४ अर्ब रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

बैंकले बैंकिङ क्षेत्रको बिस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोवार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रममा सघाउ पु¥याउँदै आएको छ । (रासस)

वि.सं.२०७६ असोज ३० बिहीवार १५:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...