Sansar News- Nepal's Fast Khabar Online News Portal

मेयर रोजगार कार्यक्रम सञ्चालन

संसार न्यूज़
४ हप्ता पहिले
मेयर रोजगार कार्यक्रम सञ्चालन

१ कात्तिक, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिका भित्र रहेका १० जना युवालाई रोजगारी दिने उद्देश्यले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको हो ।

छ महीने मोटरसाइकल मर्मत तालीम दिएरपछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मेयर कान्तिका सेजुवालले जानकारी गराए । सो कार्यक्रमको शुभारम्भ गर्दै उनले बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको बताए ।

तालीम लिएका १० जना युवालाई नगरपालिका जुम्लाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरीदमा ५० प्रतिशत अनुदान दिने उाले बताए । बढ्दो सवारी साधनलाई मध्यनजर गर्दै युवालाई मोटरसाइकल मर्मतको तालीम दिने उाको भनाइ छ । तालीम लिएका युवाले ग्यारेज स्थापना गरी रोजगारी पाउने छन् ।

गत वर्षबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरे पनि विविध कारणले कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै उनले यस वर्षदेखि निरन्तररुपमा लागू भएको जानकारी गराए । चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटले मेयर रोजगार कार्यक्रमका लागि नगरपालिकाले रु १० लाख रकम विनियोजन गरेको बताए ।

नगरपालिकाभित्र रहेका १० वटै वडाका एक÷एक जना इच्छुक युवालाई तालीममा सहभागी गराइने छ । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…