back

पत्रकार विरहीको सफल शल्यक्रिया

वि.सं.२०७६ कात्तिक १ शुक्रवार

210 

shares
NTC AD
Global IME AD

१ कात्तिक, चितवन । केही समययता क्यान्सर रोगका कारण बिरामी परेका अग्रज पत्रकार रेशम विरहीको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । अस्पतालका चिकित्सक डा विनय ठाकुरका अनुसार उनको ठूलो आन्द्राका दुई ठाउँमा शद्ययक्रिया गरिएको हो ।

मलद्वार र त्यसको १० सेन्टिमिटर माथि सिगमोइट क्लोनमा शल्यक्रिया गरी त्यहाँको ट्युमर हटाइएको ठाकुरले बताए । मिर्गौलालाई असर पर्न सक्ने र दिसापिसाब पाइपमार्फत गर्नुपर्ने खतरा रहेको भए पनि शल्यक्रियापछि ती दुवै समस्या हल भएको चिकित्सकले जनाएका छन् । ठाकुरका अनुसार अर्को आन्द्रालाई मलद्वारमा जोडेर पूर्ववत् अवस्थामा दिसापिसाब गर्न सक्ने गरी शल्यक्रिया गरिएको हो । बिहीबार शल्यक्रिया गरिएका विरहीले राम्रोसँग बोलचाल गर्न सकेको परिवारले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पताल र क्यान्सर सेवा समाजबाट आवश्यक सहयोग विरहीलाई पु¥याइएको बताए । शल्यक्रियापछि विरहीको बाँकी केमो दिनुपर्ने हुन्छ । यसअघि पाँच साइकल केमो दिइसकिएको छ । रेडियोथेरापी गर्नुपर्ने हुनसक्ने चिकित्सकले जनाएका छन् । विरहीको उपचारका लागि पत्रकार, साहित्यकार, स्थानीय तह र समाजसेवीले आर्थिक सहयोग गरेका छन् ।

पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील विरही चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेका छन् । उनका नौ वटा कृति प्रकाशित भइसकेका छन् । छैसठ्ठी वर्षीय विरहीले विसं २०२८ मा मातृभूमि पत्रिकाबाट पत्रकारिता शुरु गरेका हुन् । प्रतिध्वनि, हिमाली हुलाक, मुलुकी आवाज, नेपाल समाचारपत्र, अभिनन्दन, समानान्तर दैनिक, भरतपुर मासिक पत्रिकामा सम्पादनको भूमिका गरिसकेका छन् ।

उनी नेपालगञ्जको कालपृष्ठ दैनिकको अतिथि सम्पादक छन् भने यहाँको चितवन पोष्टसहित विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा स्तम्भकारका रुपमा काम गरिसकेका छन् । उनको विसं २०३६ मा पहिलो कृति मुलाको बोक्रा कविता सङ्ग्रह प्रकाशित भएको थियो भने पछिल्लो कृति प्रेमदासको डायरी विसं २०७४ मा प्रकाशित भएको थियो ।

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १४:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

नारायणगढ (चितवन) । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि...

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई...

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा...

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाइँदै

काभ्रेपलाञ्चोक । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई...