back

सी चिनफिङको भ्रमणले सरकारको उचाइ बढ्यो – मन्त्री लम्साल

वि.सं.२०७६ कात्तिक १ शुक्रवार

285 

shares
NTC AD
Global IME AD

१ कात्तिक, काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको उचाइ बढेको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताएका छन् ।

व्यास नगरपालिका–५ चापाघाटस्थित ज्येष्ठ नागरिक दिवाकालिन आश्रम सञ्चालनार्थ आजदेखि शुरु श्रीमद्भागवत ज्ञान महायज्ञलाई सम्बोधन गर्दै मन्त्री लम्सालले लामो समयको अन्तरालमा चीनका राष्ट्रपतिको भ्रमणले सरकार र नेपालको उचाइ अन्तर्राष्ट्रिय स्तरसम्म बढेको बताए ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा सरकार सँग भएका सम्झौता कार्यान्वयन अघि बढ्न बित्तिकै नेपाल समृद्धिको पथमा अघि बढ्ने मन्त्री लम्सालले बताए । “यो सम्झौताले नेपालको लागि नयाँ ढोका खुलेको छ”, उनले भने, “नेपाल समृद्धिको बाटोमा हिँड्ने सुनिश्चित भएको छ ।”

फरक प्रसङ्गमा मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो प्राथमिकतामा उल्लेख गरेकाले पूर्वाधार निर्माणमा सरकारको जोड रहेको बताए । “पर्यटनको विकासका लागि पूर्वाधार पहिलो आवश्यकता हो”, मन्त्री लम्सालले भने,“त्यसका लागि सरकारले पूर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिएको छ ।” प्रदेशभित्र हाल ९१८ किमि सडक मात्रै कालोपत्रे रहेको र पाँच वर्षभित्र त्यसलाई पाँच हजार किमि पु¥याउने लक्ष्य लिइएको मन्त्री लम्सालले बताए ।

कार्यक्रममा सङ्घीय सांसद केदार सिग्देलले अबको यात्रा समृद्धिको रहेकाले तीन तहको सरकार हातेमालो गरेर बढ्नु पर्नेमा जोड दिए । नकारात्मक कुरा गरेर मात्रै देशको विकास नहुने भएकाले जनता सकारात्मक सोचका साथ समृद्धिको बाटोमा हिँड्नु पर्नेमा उनले जोड दिए ।

ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको भवनको दिगोपनाका लागि रकम सङ्कलन गर्ने उद्देश्य सहित शुरु भएको महायज्ञ कात्तिक ८ गते सम्म सञ्चालन हुने भजन सङ्कृतन समूहका अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । आश्रमको स्थायित्वका लागि अक्षयकोष स्थापना गर्ने र सोही अक्षयकोषको रकमबाट आश्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्य सहित रु ३५ लाखको लागतमा भवन निर्माण भएको छ । समूहका उपाध्यक्ष विष्णु गौतमका अनुसार ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने, एक आपसमा भलाकुसारी गर्ने गरी भजन सङ्कृत समूहले दिवाकालीन आश्रम निर्माण गरिएको हो ।

विभिन्न कारणले बाबुआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारा लगायतका ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य भएपछि आफ्नै ठाउँमा दिवाकालीन आश्रम निर्माण गरिएको उनले बताए ।

सङ्कृतन समूहले विसं २०७२ देखि कृष्ण अष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट आश्रमको दुई तल्लाको भवन निर्माण गरिए पनि भवन अधुरै अवस्थामा रहेको समूहले जनाएको छ । (रासस)

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १६:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

संरक्षणको पर्खाइमा धरानको निशानदेवी मन्दिर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा...

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

तीन जिल्ला जोड्ने तल्लुको पुल निर्माण अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...