Sansar News- Nepal's Fast Khabar Online News Portal

मुख्य पदहरुमा कुन क्षेत्रबाट कति निर्वाचित भए ?

संसार न्यूज़
४ हप्ता पहिले
मुख्य पदहरुमा कुन क्षेत्रबाट कति निर्वाचित भए ?

१ कार्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संघले दुई वर्षका लागि नयाँ कार्यसमिति पाएको छ । विदेशमा रहेका सम्पूर्ण नेपालीलाई समेट्ने उद्देश्यले स्थापना गरिएको एनआरएनएले नवौँ सम्मेलनबाट कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो ।

भूगोलका आधारमा क्षेत्रीय समितिहरु रहेका छन्, त्यसमा तत् क्षेत्रबाटै नेतृत्व चयन हुन्छ । तैपनि मुख्य पदहरु कुन कुन देशले पायो त भनेर हेर्दा अहिलेम्म धेरै नेतृत्व पाउने युरोप नै भएको छ । यूरोपबाट सुरुभएको अभियानले धेरै नेतृत्व गर्ने मौका पनि पाएको हो । त्यस्तै दुईपटक ओसियाना क्षेत्रमा अष्ट्रेलियाले र २ पटक एशिया क्षेत्रमा जापानले पाएको छ ।

नवौँ कार्यसमितिको नेतृत्व फेरि युरोपले पाएको छ । त्यसो त एनआरएनएको सबैभन्दा बढी सदस्य रहेको पनि युरोप नै हो, त्यसैले पनि एनआरएनएमा युरोपको प्रभाव बढी नै देखिन्छ ।

अहिलेको नयाँ कार्यसमितिमा अध्यक्ष सहित मुख्य पदमा युरोपले ६ पद प्राप्त गरेको युरोपले अध्यक्ष, २ उपाध्यक्ष, महासचिव, सहकोषाध्यक्ष र युवा संयोजकमा क्रमशः कुमार पन्त(जर्मनी), अर्जुनकुमार श्रेष्ठ(बेल्जियम), डा बद्री केसी(रुस), डा हेमराज शर्मा,(बेलायत) लोकप्रसाद दाहाल(बेल्जियम) र हिमाल गुरुङ(नेदरल्याण्ड) रहेका छन् । देशका रुपमा हेर्दा बेल्जियमले दुई पद पाएको छ ।

त्यस्तै मुख्य पदमा ओसियाना क्षेत्र (अष्ट्रेलिया) ले २ सिट पाएको छ । जसमा उपाध्यक्षमा मन केसी र महिला संयोजकमा भोमा लिम्बू रहेका छन् । अमेरिकाले पाएको ३ सिटमा उपाध्यक्ष सोनाम लामा, रविना थापा, महिला उपाध्यक्ष र सचिव गौरीराज जोशी रहेका छन् । जापानबाट कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी बनेका छन् भने सचिवमा मध्यपूर्वमा कतारबाट आरके शर्मा रहेका छन् ।

बैभन्दा बढी नेपाली रहेको मध्यपूर्वले अहिलेसम्म सचिवभन्दा माथिल्लो पद प्राप्त गर्न सकेको छैन । ओमानबाट डिबी क्षेत्रीले महासचिवका लागि उम्मेदवारी घोषणा गरेर पनि अन्तमा सहमतिका लागि भन्दै डा हमेराज शर्माको समर्थन गरेका थिए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…