Sansar News- Nepal's Fast Khabar Online News Portal

बेल्जियमबाट दामोदरले दिए एनआरएनएको नयाँ नेतृत्वलाई यस्तो सुझाव

संसार न्यूज़
७ महिना पहिले
बेल्जियमबाट दामोदरले दिए एनआरएनएको नयाँ नेतृत्वलाई यस्तो सुझाव

लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमका सभापति दामोदर प्रसाद आचार्यले कुमार पंतको नेतृत्वमा बनेको नयाँ टिमलाई बधाई दिदैं केही सुझाव पनि दिएका छन् ।

नवौं विश्व सम्मेलनसम्म आइपुग्दा एनआरएनएको छवि नराम्रोसँग स्खलित भएको बताउँदै आचार्यले त्रिभुवन विमानस्थलमा एनआरएनए अभियन्ताद्धारा गरिएको अभद्र व्यवहार,निर्वतमान अध्यक्षले नै मापसे जहाज चढ्न पुगेको सन्दर्भ, सम्मेलका क्रममा सम्मेलनस्थल होटल हायातभित्र केही व्यक्तिहरुले गरेको अप्रजातान्त्रिक, अशिष्ट र उछ्रिङ्खल व्यवहारका कारणले गैरआवासीय नेपाली संघको पहिचान नै धमिलिन पुगेको समेत उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

यस्तो लेखेका छन्, फेसबुकमा उनले
सर्वप्रथमत : गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को नवौ विश्व सम्मेलनबाट २०१९–२०२१ कार्यकालका लागि अध्यक्ष पदका विजेता कुमार पन्तजी र उहांको टीमलाई हार्दिक बधाई एवं कार्यकाल सफल र जनअपेक्षालाई संवोधन गर्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्न चाहन्छु ।

दोस्रो, दुर्भाग्यपूर्ण छ, नवौ विश्व सम्मेलनसम्म आइपुग्दा गैरआवासीय नेपाली संघको छवि नराम्रोसंग स्खलित हुन पुगेको छ । केहि महिना अघि विभिन्न संचार माध्यमबाट प्रकाशित समाचारका अनुसार, निवर्तमान नेतृत्वले मापसे गरेर हवाई जहाजमा चढेर अशिष्ट व्यवहार देखाएका कारण भोग्नुपरेको लज्जास्पद समाचार र नवौ विश्व सम्मेलनमा सहभागिताको लागि काठमाण्डौ आएका सदस्यले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा गरेको अभद्र र उग्र व्यवहारका साथै सम्मेलनस्थल होटल हायात भित्र अन्य केहि सदस्यहरूले गरेका अप्रजातान्त्रिक, अशिष्ट र उछ्रिङ्खल व्यवहारका कारणले गैरआवासीय नेपाली संघको पहिचान नै धमिलिन पुगेको छ ।

तेस्रो, संगठनभित्र आर्थिक अनियमितता भएको जस्ता आवाज उठ्नु र त्यस आलोचनाको बारेमा सम्मेलनबाट स्पष्टिकरण सार्वजनिक नभएको कारण यो संगठनको भविष्य माथि नै प्रश्नचिन्ह लागेको अवस्था हाम्रो सामुन्ने छ ।

अन्तमा, नवगठित नेतृत्व र कार्य समितिले संगठन भित्र रहेका आफुले आफैलाई नै सम्मान गर्ने जस्ता संस्कारबाट रूपांतरित हुदै संगठनमा रहेका अन्य गलत प्रवृतिलाई निस्तेज पार्दै केहि प्राज्ञहरू सम्मिलित अनुशासन समिति गठन गरेर संगठनको धूमिल भएको साख बचाउदै अग्रगति हासिल गर्न सफलता मिलोस् कामना गर्दछु ।

शुभेच्छुक
दामोदरप्रसाद आचार्य
सभापति
लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियम
एवं
युरोप सल्लाहकार
लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ६ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…