Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

खोलाघरे साहिंलो, इलाम
७ महिना पहिले
गजल

दुखेका कथा छन् भनूँ के म सानू ?
लुकेका कथा छन् भनूँ के म सानू ?

थियो प्यास लामो नपाएर पानी
सुकेका कथा छन् भनूँ के म सानू ?

थिए दर्द जो सूक्ष्म,आकार बढ्दै
फुकेका कथा छन् भनूँ के म सानू ?

दयाहीन पाषाणका सामु धेरै
झुकेका कथा छन् भनूँ के म सानू ?

मलाई निमिट्यान्न पार्नै भनेर
ढुकेका कथा छन् भनूँ के म सानू ?

खपोस् ‘साहिंला’ ले कतै ऊ स्वयं नै
चुकेका कथा छन् भनूँ के म सानू ?

छन्द–भुजङ्गप्रयात

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…