Sansar News- Nepal's Fast Khabar Online News Portal

तिहारमा राजधानीबासीलाई मात्र २५ लाख माला आवस्यक

संसार न्यूज़
७ महिना पहिले
तिहारमा राजधानीबासीलाई मात्र २५ लाख माला आवस्यक

२ कात्तिक, काठमाण्डौं । यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षै्पिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ ।

नेपालमा लगातार गोदावरी पूmलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलर्ल जानकारी दिएका छन् ।

फ्यानका अध्यक्ष कुमार कसजुले गत वर्ष झन्डै रु २० करोडको विभिन्न जातका फूल आयात भएको बताए । पूmलको माग दैनिक बढिरहेको भए पनि उत्पादनमा भने खासै वृद्धि हुनसकेको पाइँदैन । चार वर्ष पहिले नेपालले भारतबाट रु चार करोड मूल्य बराबरका विभिन्न फूल आयात गरेको तथ्याङ्क पाइन्छ । तथ्याङ्कलाई केलाउँदा नेपालमा वर्षको पाँच करोडका दरले पूmलको आयात बढ्दै गएको देखिन्छ ।

नेपाली पूmलको माग तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डमा भए पनि उत्पादनभने बढाउन सकिएको छैन । पूmलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ । सन् २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक वर्ष २०७५÷७६ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भएको छ ।

पहिलोपटक विसं २०७२ मा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२÷७३ ले ३६ जिल्लामा ५६१ व्यवसायीले पुुष्पखेती सञ्चालन गरेको उल्लेख छ । त्यसको चार वर्षमा जम्मा २३९ व्यवसायी वृद्धि भई हाल ८०० पुगेका फ्यानले जनाएको छ । चार वर्ष पहिले १४३ हेक्टरमा खेती भएको पुष्पखेती हाल १४९ हेक्टरमा विस्तार भएको छ । ३८ हजारले रोजगार पाएकामा चार वर्षपछि ४३ हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

भौगोलिक विविधता र अनुकूल वातावरणका कारण नेपालमा थरिथरिका आकर्षक पूmलखेती गर्न सकिन्छ र पनि अर्काको देशबाट आयात भइरहेकाले पुष्पखेतीतर्फ भने खासै आकर्षण देखिँदैन । यहाँ तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डलगायतका मुलुकबाट नेपाली जातका पूmलको माग भएको बताइन्छ ।

नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त भएको छैन । सीमित व्यक्तिका हातमा प्रचुर जमीन छ । पर्याप्त जमीन भएकाले जमीन बाझै राख्ने चलन छँदैछ । सरकार भने भूमि बाझो राख्नेलाई कानूनका दायरमा ल्याउन सकेको छैन । त्यसैले गर्दा पूmलमा समेतको परनिर्भरता बढेको छ । हाल १० लाख हेक्टर जमीन बाझो रहेको छ । कृषिको आधुनिकीकरण, व्यावसायिकरण त छँदैछ तर विविधिकरणको ज्वलन्त उदाहरण पुष्प व्यवसाय पनि एक हो ।

प्रचुर तथा अथाह सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको पनि सात वर्ष पुगेको भए पनि पुष्पखेतीतर्फ भने सोचेजति आकर्षण नहुनुले फूलको आयात रोकिएको छैन ।

सर्वेक्षणमा उत्पादन परिमाणको आधारमा प्रमुख पाँच मौसमी पूmलमा सयपत्री, पिटुनिया, डाहलिया, जिनिया, प्यान्जी, बहुवर्षे फूलमा गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कर्निसन, आलाङ्कारिक पूmलतर्फ धुपी, हेज, पम, अशोका, एरिका, कटफ्लावरतर्फ कार्नेशन, जर्वैरा, गुलाफ, ग्याहुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्त (सानो सयपत्री) र तारा (कोरेप्सिस) जातको पुष्पखेती हुँदै आएको उल्लेख छ । रासस

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ६ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…