back

रगत भण्डारणका लागि उपकरण सहयोग

वि.सं.२०७६ कात्तिक ३ आइतवार

219 

shares
NTC AD
Global IME AD

३ कार्तिक, गलकोट । रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ । रक्त सञ्चार केन्द्रलाई सुधार गरी आधुनिक बनाउनका लागि प्रवासीको सहयोग आउनेक्रम जारी रहेको छ । बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्नका लागि आवश्यक उपकरण सहयोग गरेको छ ।

बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्रमा एकै पटक २०० पोका रगत सुरक्षित भण्डारण गर्न मिल्ने आधुनिक उपकरण (फ्रिज) शनिबार हस्तान्तरण गरेको छ । रोजगारका लागि बेल्जियममा रहेका बागलुङवासीको पहलमा सङ्कलन गरिएको रु तीन लाख ७५ हजारबाट उक्त रगत भण्डारण औजार खरीद गरी सहयोग गरिएको बागलुङ समाज बेल्जियमका अध्यक्ष गङ्गा शर्माले बताउनुभयो । “आफूहरु बेल्जियममा रहे पनि, मन तथा मस्तिष्क बागलुङमै रहेको छ”, शर्माले भने, “रगत अभावका कारण बिरामीले अकालमा मर्न नपरोस् भन्नका लागि भण्डारण औजार हस्तान्तरण गरेका हौँ ।” शर्माले आगामी दिनमा रक्त सञ्चार केन्द्रलाई थप सहयोग गर्नका लागि सहकार्य गर्ने बताए ।
रक्त सञ्चार केन्द्रलाई थप व्यवस्थित गराउने अभियानअन्तर्गत रगत भण्डारण औजार सहयोग भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका कार्यवाहक सभापति राजेन्द्र आचार्यले जानकारी दिए । “रक्तसञ्चार केन्द्र अत्यन्तै संवेदनशील क्षेत्र हो”, आचार्यले भने, “हामीले रक्तसञ्चार केन्द्र सुधारका लागि रु ५० लाखको लागत अनुमान गरेका छौँ, सहयोग आउने क्रम जारी छ ।”
आचार्यका अनुसार बागलुङ रक्त सञ्चार केन्द्र सुधार परियोजनाअन्तर्गत एनआएन नेदरल्याण्डले थानेश्वर कँडेलको संयोजनमा रु ११ लाखको एम्बुलेन्ससमेत सहयोग प्रदान गरेको छ । यस्तै रक्त सञ्चार केन्द्रको ल्याबलाई अत्याधुनिक तथा सेतो रगतसमेत उत्पादन गर्ने उद्देश्यअनुसार रु २४ लाख बराबरको ३६ प्रकारका अत्याधुनिक उपकरण रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण हुने प्रक्रियामा रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङले जनाएको छ । (रासस)

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०९:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला) । रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री...

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच...

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा...

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

मान्म (कालीकोट) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा...

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र...

तरकारीखेतीमा आकर्षित हुँदै हिल्दुमका किसान

तरकारीखेतीमा आकर्षित हुँदै हिल्दुमका किसान

सिमकोट, (हुम्ला) । हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान...