Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए आईसीसी बैठक सम्पन्न, प्रमुख संरक्षकमा घले, डा महतोलाई उच्च वरियता

संसार न्यूज़
४ हप्ता पहिले

NRNA गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौँँ कार्यसमिति चयन भएको भोलिपल्ट अक्टोबर २ मा पहिलो बैठक सम्पन्न भएको छ । पहिलो बैठकले सम्मेलनको समिक्षा, संरक्षक तथा सल्लाहकारको मनोनयनका साथै केही निर्णयहरु गरेको छ । बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफल गरेको थियो । बैठकले यस अघि नै थालिएका कार्यक्रम र शुरु गरिएका पहलहरुलाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको महासचिव डा हेमराज शर्माले बताए ।

संघको संरक्षक परिषद गठन
बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा मनोनित गरिएका छन् । बैठकले संस्थापक अध्यक्ष डा उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको महासचिव डा शर्माले जानकारी दिएका छन् ।

सल्लाहकार समितिको चयन
बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । नवौँ सम्मेलनमा अध्यक्षका प्रत्यासी भएर पन्तसँग प्रतिस्पर्धा गरेका कुल आचार्यलाई सल्लाहकारमा चयन गरेको छ । सो समितिमा सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी।बी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) चयन गरिएका छन् ।

श्रमिक कल्याणकारी कोषका लागी १ करोड ६ लाखको प्रतिबद्धता
गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारीमा पिडितहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवध्दता गरेका छन् । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् ।

बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकाशका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको बताइएको छ ।

संघको निर्वाचन विधुतिय पद्दतीबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निशुल्क सदस्यता बारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ र यस समितिमा महासचिव डा हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन् । महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ। संघको काठमाडौ स्थित सचिवालयलाई चुस्त बनाउन डा हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ।

सँस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गर्नुका साथै आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने निर्णय पनि गरेको छ।

संघमा अब ५ बिभाग
बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानवकल्याण, व्यापार तथा लगानी, सिप, ज्ञान, र नबप्रवर्तन, नेपाल प्रवर्धन) निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने ब्यबस्था गरेको छ । एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बठक अत्यन्त सौहार्धपुर्ण वातावरणमा भएको र चुनावको बेलाका त्रिक्ततालाई बिर्सिएर अबका दिनमा एक ढिक्का भएर अघि बढ्नु पर्ने कुरामा पुर्ण मतैक्यता रहेको पनि महासचिव शर्माले बताए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…