Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए अभियान बारे अंगराजको समिक्षा र सुझाव

संसार न्यूज़
४ हप्ता पहिले
एनआरएनए अभियान बारे अंगराजको समिक्षा र सुझाव

अंगराज तिमिल्सिना(अमेरिका) ले गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलनमा सहभागी भएर अनुभूति गरेका कुराहरुको समिक्षा गर्दै एनआरएनए नेतृत्वलाई सुझाव दिएका छन् । सम्मेलनमा देखिएका दृश्यहरु हेर्दा सम्मेलन सबै प्रबासीको प्रतिनिधीमूलक बन्न नसकेको, निर्बाचन प्रणाली खर्चिलो, झण्झटिलो, बिबादस्पद र किनबेच हुने खालको भएको र यसलाई सच्याउन बेलैमा नयाँ नेतृत्वले ध्यान दिनुपर्ने उनको सुझाव छ । संस्थाको काम गर्ने तरीका, संस्थामा भएको चरम राजनीतिकरण, निर्बाचन प्रणाली र प्रतिनिधित्व आदी कुरामा सुधार नआए यो संस्थाको उपदेयता नै खतम हुने महशुस सबैतिरबाट भैरहेको हुँदा त्यसतर्फ ध्यानदिनुपर्ने कुरालाई उनले बुँदागत रुपमा सुझावका रुपमा उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत तिमिल्सिनाले भनेका छन् :
NRNA को नयाँ नेतृत्वलाई बधाई र सफल कार्यकालको शुभकामना तथा धेरै देशबाट यो सम्मेलनका लागी नेपाल आएर फर्किनु हुने साथीभाईको यात्रा सफल होस भने अझै केही दिन नेपाल बस्नेहरुको बसाई शुभ होस भन्ने हार्दीक कामना !

यो सम्मेलन बारेका धेरै तिता अनुभब र यो संस्थाको काम गर्ने तरीका, संस्थामा भएको चरम राजनीतिकरण, निर्बाचन प्रणाली र प्रतिनिधित्व आदी कुरामा सुधार नआए यो संस्थाको उपदेयता नै खतम हुने कुरा सबै तिरबाट महसुस भइसकेको छ ।

१६ बर्ष ९अथवा Tween Sixteen) काटिसकेको यो संस्थामा धेरै सुधारको आवस्यकता छ । म आफै यो पटकको बिश्व सम्मेलनमा भाग लिएकाले निम्न कुराहरु मेरो “रीफ्लेक्सन” का रुपमा “सेयर्” गरेको छु, तर एउटा सुखद कुरा के भने यो सम्मेलनमा एकै ठाँउमा पुराना र नयाँ साथीहरु भेट्न पाउदा धेरै खुशी लाग्यो ।

चुनाबको औचित्य:

६० देखी ८० लाख सम्म देशको बिदेशमा भएको जनसंख्याको प्रतिनिधित्व गर्नु पर्ने संस्था अहिले “मास बेस्” नभएर केही मान्छेको नेपाल आउने टिकट किनेर “क्याडर ब्रेस्ड” जस्तो छ । अहिलेको एनआरएनएको बिश्व सम्मेलन सबै प्रबासीको प्रतिनिधीमूलक बन्न नसकेको भन्ने छ नै, अहिलेको निर्बाचन प्रणाली खर्चिलो, झण्झटिलो, बिबादस्पद र किनबेच हुने खालको छ ।

यो पटकको बिश्व सम्मेलनमा धेरै ब्यबस्थापकीय कमजोरी देखियो । कारण के भने नेतृत्वमा भएकाहरुले आफ्नो चुनाबी प्रचार गर्ने कि ब्यबस्थापनमा ध्यान दिने ? “रजिस्ट्रेसन्” गर्न ६ घण्टा लाग्ने अनी भोट दिन ४-५ घण्टा सम्म लाग्ने पद्दतीलाई कसरी प्रभाबकारी भन्ने ? यही अवस्था रहे मैले यो सम्मेलन मेरो पहिलो र अन्तिम हुने घोषणा यही पोस्ट मार्फत गर्ने अनुमती चाहान्छु ।

एनआरएनएलाई प्रभाबकारी बनाउन सम्पूर्ण प्रबासीको प्रतिनिधित्व हुने संस्था बनाउन जरुरी छ । यसका लागी एनआरएनएको कार्यकाल ४ बर्ष बनाउने र हरेक दुई बर्षमा नेपाल मै एनआरएनएनको अन्तरराष्ट्रीय समितीको नितिगत सम्मेलन आयोजन गर्ने, तर हरेक चार बर्षमा “अनलाईन“ बाटै सबै सदस्यले नेतृत्वले चुन्ने ब्यबस्था हुनु पर्छ ।

तर “अनलाईन्” चुनाब एउटा प्रतिष्ठीत अन्तरराष्ट्रीय संस्था वा “ल फर्म्” (इन्डीपेन्डेन्ट थर्ड पार्टी) लाई दिन जरुरी छ होईन भने अमेरीकाको एनआरएनएको जस्तो बिबादित र धाँधलीपूर्ण चुनाब भनेर आलोचित हुन्छ ।

राजनितीकरण:

मैले यस अधी लेखे झै तिब्र रुपमा काँग्रेस वा कम्युनिष्ठमा ध्रुबिकरण हुनु एउटा सामाजिक संस्थाका लागी राम्रो होईन । यही अवस्थामा रहे यो संस्थाको उपादेयता छिट्टै समाप्त हुने छ । सामाजीक कम राजनीतीक संस्था बढी बन्ने कुराले देश बाहिर रहेको ६०–८० लाखको सिंगो नेपाललाई एकिकृत होईन कि झन बिभाजित गर्ने खतरा बढेर गयो ।

मेरो कसैका प्रती आग्रह वा पूर्बाग्रह छैन । चिन्ता हाम्रो “एनआरएन आन्दोलन” कता जाँदैछ भन्ने हो । कुनै पार्टी वा बादमा आस्था राख्नेहरु स्वभाबिकरुपले चुनाबी प्रतिष्पर्धा आउन सक्छन । तर चुनौती भनेको निर्बाचन पश्चात नयाँ नेतृत्व राजनीतीकरणबाट मुक्त हुन्छ कि हुँदैन भन्ने हो ।

यो चुनाबमा दुईवटा कुरा देखियो । एउटा झण्डै २४-२५ सय प्रतिनिधित्व भएको सम्मेलनमा ५-१० हजार नेकपा वा कांग्रेसका नेताहरु आफ्नो चुनाबी प्रचारमा थिए । सम्मेलनमा राजनीतिकरण कम गराउन प्रतिनिधी र पर्यबेक्षक बाहेक अरुलाई प्रतिबन्ध लगाउन सक्नु पर्थ्यो ।

दोश्रो कुरा के भने दुबै तिरका केही आशादित उम्मेद्वारहरुले यो चुनाब नजितेका भए एनआरएनए नेकपा वा काँग्रेसको पूर्ण कालीन भ्राती संगठन हुने थियो ।

अबको नयाँ नेतृत्वले एनआरएनएलाई राजनीतिकरणबाट मुक्त गर्ने हो भने उसका नेतृत्वमा आएका सम्पूर्ण पदाधिकारी र सल्लाहकारलाई उनीहरुको पार्टीबाट राजिनामा गराउन सक्नु पर्छ ।

एनआरएनएको भबिस्य:

यो संस्थाको भबिश्य निम्न कुरासंग जोडिएको छ । “Status quo” कसरी”ब्रेक गर्ने” रु यो सिमित “एलिट्” र ब्यापारीको संस्था होइन भनेर कसरी प्रमाणीत गर्ने रु केही सिमित मान्छेहरुलाई नेपाल लगेर नेतृत्व चुनेर नेतृत्व कब्जा गर्नु भन्दा कसरी यो संस्थालाई सबै प्रबासीको संस्था बनाउने रु मन पनि भएको, धन पनि भएको, समय पनि भएको र बिशुद्द सामाजीक भाबना भएका प्रबासी नेपालीलाई यो संस्थामा कसरी संस्थागत गर्ने ?

मध्यपूर्ब, कोरीया, मलेशीया लगायतका देशमा भैरहेको श्रम शोषण र मानबअधिकार हननलाई Address गर्न कस्तो नीती, संरचना र कार्यक्रमको सुनिश्चीतता गर्ने ? प्रबासी नेपालीको दोश्रो र तेश्रो पुस्तालाई त्यही देशमा उन्नती अनि नेपालप्रतीको आकर्षण बढाउन कस्तो भूमीका खेल्ने ?

कुमार पन्त जी, हेम राज शर्मा जी, गौरी जोशी जी, महेश श्रेष्ठ जी आदी आफू उम्मेदवार हुँदै गर्दा उठाएका लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका जस्ता मंत्र बारे के हुने ?

अहिले हरेक देशका ‘डाएसपोरा कम्युनिटी’लाई तिनीहरुको मातृ देशको विकासको स्रोतका रुप लिने गरिन्छ ।

ज्ञान र सिप भएका, अनुसन्धानदेखी विश्वविद्यालयमा ख्याती कमाएको एउटा जमात एनआरएनए व्यापारीहरुको संगठन भयो भनेर बिमुख छ र नेपालमा सीप, प्रविधी र बाहिरको अनुभव भित्र्याउनका लागी अबको संगठनले यो जमातलाई आकर्षण गर्न सक्छ कि सक्दैन ? यो सम्मेलनमा आफु एकाध यस्तै जमातको Minority को Representation  गरेको महसुस गरियो ।

चुनाब हो हार जीत हुन्छ । आशा लाग्दा केही पुराना र केही नयाँ अनुहार आएका छन । अब बिधी, पद्दती र समाज सेवाको भाबले संस्था चलाउन सुरु गरौं ।

दुई बर्षको समय छोटो समय हो तर इच्छा शक्ती भए २ बर्षका पनि धेरै कुरा गर्न सकिन्छ । नयाँ नेतृत्वले यो संस्था बचाउने हो भने तत्काल गर्नु पर्ने, ६ महीना देखी एक बर्ष भित्र गर्नु पर्ने र १ देखी २ बर्ष भित्र गर्नु पर्ने कामको घोषणा गरेर ब्यापक छलफल बढाउन जरुरी छ ।

अहिलेलाई भने नयाँ नेतृत्वलाई अझै समाबेशी र भबिश्यमुखी बन्नका लागी हार्दीक शु(कामना । राम्रो कुराका लागी मेरो सधै सहयोग हुने छ ! आखिर धेरै भन्दा धेरै प्रबासी नेपालीलाई जोड्ने सम्भाबना अझै जीबित छ !

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…