back

वडा सचिवमाथि सामाजिक रकम दुरुपयोग गरेकोे आरोप

वि.सं.२०७६ कात्तिक ४ सोमवार

249 

shares
NTC AD
Global IME AD

४ कार्तिक । रौतहट जिल्ला साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका वडा नं ८ का वडा सचिव कदिरवावु देवान उपर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

उनीमाथि रौतहट जिल्लाको विभिन्न गाविसहरूमा अर्धसरकारी अनुदान रकम तथा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग भई भ्रष्टाचार र अनियमितता भएको भन्दै सम्बन्धित पदाधिकारी एवं कर्मचारीउपर आवश्यक छानविन गरी कानुनी कारबाही गरिपाउँ भन्ने व्यहोराको उजुरी परेको थियो ।

साविक हथियाही गाविसको चालु तथा पुँजीगत खर्च जथाभावि खर्च लेखी, भ्रमण खर्च, पेश्की लिई फछर्यौट नगरी, सामाजिक सुरक्षा भत्ताको रकम आफैंले बुझिलिएको आरोप सचिव देवानमाथि छ ।

उनले १२,५६,२७५।–अक्षरूपी बाह्र लाख छपन्न हजार दुई सय पचहत्तर रूपैंया बराबरको सार्वजनिक सम्पत्तीको हिनामिना, हानि नोक्सानी दुरुपयोग गरेको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको आयोगले बताएको छ ।

निज प्रतिवादी देवानलाई विगो रू. १२,५६,२७५।–(अक्षरूपी बाह्र लाख छपन्न हजार दुई सय पचहत्तर रूपैंया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम निज प्रतिवादीबाट असुलउपर गर्न माग दाब गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

वि.सं.२०७६ कात्तिक ४ सोमवार १९:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...