Sansar News- Nepal's Fast Khabar Online News Portal

फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

संसार न्यूज़
७ महिना पहिले
फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

५ कात्तिक । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहोर सङ्कलनको काम शुरु गरेको छ । फोहोर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि सो नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो ।

फोहोर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्काली माई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोख्रेलले जानकारी दिए । प्रालिले कात्तिक १ गतेबाट फोहोर सङ्कलनको काम शुरु गरेको छ । सो कम्पनीले वार्षिक रु १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहोर सङ्कलनको जिम्मेवारी दिएको उनले जानकारी दिए ।

रत्ननगरमा दैनिक करीब २५ टन फोहोर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहोर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहोरलाई वर्गीकरण गर्ने, सडने र नसड्ने छुट्याएर सड्ने फोहोरबाट प्राङ्गारिक मल र नसड्ने फोहोर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ ।

रत्ननगरमा सरसफाइ शुल्कबापत वार्षिक रु २२ लाख सङ्कलन हुने र फोहोर सङ्कलनका लागि करीब रु एक करोड खर्च हुँदै आएको छ नगरपालिका प्रमुख नारायण वनले फोहोरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई जिम्मेवारी दिइएको बताए । निजी क्षेत्रलाई फोहोरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिक रुपमा रु ७८ लाख वचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने उनले बताए ।(रासस)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…