Sansar News- Nepal's Fast Khabar Online News Portal

महाअभियान चलाउछु भन्छन्-थर्क सेन

संसार न्यूज़
४ हप्ता पहिले
महाअभियान चलाउछु भन्छन्-थर्क सेन

६ कात्तिक, बेलायत । गैरआवासीय नेपाली अभियन्ता थर्कसैनले राजनैतिक पाटी र समुह अनुसारको प्यानलमा बसेर चुनाव लडन अन्तरमनले नपचाएको बताएका छन ।

गैर–आवासीय नेपाली संघ, अन्तर्रा्ष्ट्रिय समन्वय समितिकौ रोडसेफ्टी फर नेपालमा संयोजक रहेर काम गरेका सेनले दोस्रो बिज्ञप्ति सार्वजनिक गर्दै भनैका छन् ।

‘यहाँहरुलाई अवगत नै छ म एनआरएनको स्थापना कालदेखि दत्तचित्त भएर लागेको व्यक्ति हुँ । त्यसमा पनि गएको दश वर्ष्खि नेपालमा सड़क सुरक्षा र यसबाट हुने क्षति बारे जनचेतना जगाउने काममा जनस्तरदेखि हरेक निकाय र सम्वद्ध सरकारी निकायलाई समेत सहकार्य र सहयोग गर्दै एनआरएनको तर्फबाट प्रतिनिधिको रुपमा काम गर्दैआएको यहाँहरु सबैलाई जानकारी नै छ । खासगरी नेपालमा यही सड़क सुरक्षा र यसबाट हुने क्षति बारे नीतिगत तथा व्यवहारिक सहयोग र सल्लाह सुझावलाई प्रमुख मुद्दा बनाएर अगाडि बढ्न एनआरएनए आईसीसीमा उपाध्यक्षको भूमिका लिएर काम गर्ने रहर जागेकोले बेलायतदेखि मनस्थिति बनाएर आएको थिएँ तर यहाँको निर्वाचन प्रकृया, प्रतिनिधिहरुको यस संस्थाप्रतिको चिन्ता र निर्वाचनमा अपनाउने कोशिस गरिएका हथकण्डाहरु र आर्थिक चलखेल देख्दा आँफैलाई वितृष्णा जागेर आयो । यो निर्वाचनको सबैभन्दा नकारात्मक पाटो, प्यानल बनाएर चुनाव लड़ने अझ प्यानल पनि नेपालको राजनैतिक पार्टीहरुको निर्देशानुसार समुह बनाउने कुरा मेरो अन्तरमनले पचाउन सकेन । तसर्थ यो तपाई हाम्रो सम्मानित साझा संस्थामा काम गर्ने चाहाना हुँदाहुदै पनि परिस्थिति सहज नदेखिएको हुनाले निर्वाचनमा उमेद्वारी नदिने निर्णय गरेको जानकारी गराएकौ हौ । यसबाट मेरा संसारभरबाट आउनुभएका एनआरएनए प्रतिनिधि तथा शुभचिन्तकहरुमा पर्न गएको असुविधाप्रति अन्तस्करणदेखि क्षमा चाहान्छु साथै आगामी दिनहरुमा यो संस्थाप्रति सदासर्वदा सकारात्मक सहयोग गरिरहने प्रतिवद्दता पनि जाहेर गर्न चाहान्छु । ’

बेथिती बिरुद्द महाअभियान चलाउने प्रतिबद्धता सहित उनले भनेका छन । ‘ अन्तमा म आशा गर्दछु आगामी नयाँ कार्यसमिति लगायत एनआरएनएका सम्बन्धित ब्यक्तित्वहरुले मैले बिगत १० बर्षदेखि नेपालमा सडक सुरक्षा तथा यसबाट हुने क्षति न्युनिकरण अभियानलाई निरन्तरता दिनेछ । साथै यस निवार्चनमा देखिएका असंगति र बेथितिहरुलाई निकाकरण गर्नेछ भन्ने आशा राखेको छु । म NRNA ICC को कार्य समितिमा नभए पनि मेरो ब्यातिगत हैसियतमा मातृभूमि नेपाल र नेपालीको सेवा सहयोग, सुबिधा र सम्बृद्धिमा मेरो हैसियतले भ्याए सम्म निरन्तर भई रहनेछ साथै यो सम्मानित साझा सस्था NRNA मा भई रहेको बेथितिको बिरूध्द पनि महाअभियान चलाई निरन्तर लागि रहने छु ।’

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…