Sansar News- Nepal's Fast Khabar Online News Portal

खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन

संसार न्यूज़
४ हप्ता पहिले
खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन

७ कार्तिक, खप्तड । सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो ।
विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालीन जिल्ला विकास समितीबाट पाँच लाख खर्च भएको थियो ।
आयोजनाको लागि पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट पाँच लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ बाट १५ लाख, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख आर्थिक सहयोग भएको आयोजनाका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिए ।
हाल आयोजनाको कूल लागत रु दुई करोड ६८ लाख ५९ हजार पुगेको र ६० किलोवाट विद्युत् उत्पादन भइरहेको अध्यक्ष कडायतले बताए । विद्युत् सुचारु भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय, छिमेकी जिल्ला बाजुराको छेडेदह गाउँपालिकाको वडा नं. १ र २ तथा खप्तडका सबै टोलका बासिन्दाले विद्युत् उपभोग गर्ने भएका छन ।
बिहीबार बिहान सो विद्युत् आयोजनाको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले अब खप्तडमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए । खप्तडमा विद्युत्को पहुँच हुँदा यहाँ आउने पर्यटकलाई सहज हुने भएकाले अझ बढी पर्यटक भित्रिने धारणा व्यक्त गरे । उनले दूरदराजका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र पर्यटन प्रर्वद्धन गर्न लघुजलविद्युत् आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवर, नेकपा अछामका जिल्ला कमिटी सचिव झपट साँउद र अन्य जनप्रतिनिधिलगायत सहभागी भएका थिए । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…