back

‘रफ्तार ’ लिएर आए अंकित बाबु अधिकारी

वि.सं.२०७६ कात्तिक ७ बिहीवार

381 

shares
NTC AD
Global IME AD

७ कार्तिक , काठमाडौँ । नेपाली गीत संगीतमा आफ्नो फरक स्वादका गीत संगीत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभावान गायक अंकित बाबु अधिकारीले आफ्नो अर्को बिल्कुलै नयाँ गीत ‘रफ्तार रफ्तार ’ लिएर आएका छन् ।

पृथक शैली , शब्द चयन , र दृश्य भाषाका माध्यम बाट कलात्मक ढंगले भिडियोमा स्टोरी टेलिङ्गको प्रयोग गर्ने रुचाउने गायक अधिकारीका ‘ राम नाम ’ , ‘ सम्झनालाई ’बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन् ।

‘ रफ्तार रफ्तार ’ बोलको गीतमा गायक अधिकारीलाई चिहानमा गीत गाउदै गर्दै गरेको देख्न सकिन्छ । चिहानमा जादा सबैको मन दुखित हुन्छ नै तर उनले दुखित मुडलाई बदल्दै चिहानमा बिश्राम लिदै गरेका आत्माहरुलाई खुशी बनाउन गीत सुनाउछ्न । उनको गीत सुनेर अन्त्यमा चिहानबाट मरेकाहरुले ताली बजाउदै आनन्द र खुशी प्रकट गरेको आवाज सुन्न सकिन्छ ।

‘ रफ्तार ’ बोलको यस प्रयोगात्मक गीतमा स्वर र संगीत गायक अंकित बाबु अधिकारीको रहेको छ । गीतका शब्द अन्वेष राई थुलुङ्गले लेखेका हुन । गीतको संगीत संयोजन शार्दूल श्रेष्ठ ( च्यांग )ले गरेका हुन ।

गीतको भिडियोलाई विकेश बज्रले खिचेका हुन भने सुनिल पौडेलले सम्पादन गरेका हुन् । नेपाली गीत संगीत क्षेत्रमा आवाज , प्रस्तुति , निर्माण पक्ष्यबाट नयाँ आयाम र उचाई प्रदान गर्दै अघि बढिरहेको आर्टमाण्डुको निर्माणमा भिडियो तयार भएको हो ।

वि.सं.२०७६ कात्तिक ७ बिहीवार १२:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...