back

बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थी कुटिए

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

168 

shares
NTC AD
Global IME AD

८ कार्तिक, चितवन । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ ।

चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका विद्यार्थीहरुमाथि कलेज व्यवस्थापले हातपात गरेपछि सोको विरोधमा विद्यार्थीहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । चितवनबाट आएका विद्यार्थीहरुसँगै नेशनल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले जुलुस निकाली प्रदर्शन गरेका हुन् ।

नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता गर, विद्यार्थीमाथि हातपात गर्नेलाई कार्यवाही गर जस्ता नारा लगाउँदै कलेज परिसरबाट निकालिएको जुलुस वीरगञ्जको विभिन्न भाग परिक्रमा गर्दै वीरगञ्जको घण्टाघर चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक चन्दले बढी लिएको शुल्क फिर्ता माग्दा कलेजका प्रबन्धक बरसुद्दीन अन्सारीलगायतका व्यक्तिहरुले आफूहरुमाथि हातपात गरेको आरोप लगाए ।उनले कलेजले चिकित्सा शिक्षा सङ्कायमा अध्ययनरत प्रतिविद्यार्थीबाट रु ५५ लाखदेखि ६२ लाखसम्म शुल्क लिएको प्रमाण आफूहरुसँग रहेको दाबी गरे ।

सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क लिने नेशनल मेडिकल कलेजविरुद्ध आफूहरु ठगी मुद्दा हाल्ने संयोजक चन्दले जानकारी दिए । यसै विषयमा प्रबन्धक अन्सारीसँग बुझदा उनले बाहिरबाट आएका विद्यार्थीहरुले कलेज बन्द गराउन खोज्दा तिनीहरूलाई नेशनल मेडिकल कलेजमै अध्ययनरत ‘सिनियर’ विद्यार्थीहरुले कुटपिट गरेको बताए ।

“चिकित्सा शिक्षा सङ्कायको शुल्कको विषय प्रतिनिधिसभामा छलफल भइरहेको र प्रतिनिधिसभाले जति शुल्क निर्धारण गर्छ हामी त्यति नै लिन्छौँ, बढी रकम फिर्ता हुन्छ”, प्रबन्धक अन्सारीले जानकारी दिए । रासस

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार ०९:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...