back

खाने र देखाउने दाँत अलग भएका एनआरएनए नेताहरुको के कुरा गर्नु

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार

114 

shares
NTC AD
Global IME AD

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका पूर्व अध्यक्ष पुष्प थापाले एनआरएनएमा राजनीतिक हस्तक्षेप छैन भन्नु खाने दाँत र देखाउने दाँत अलग भए जस्तो मात्र भएको बताएका छन् । एनआरएनए अभियन्ता थापाले नेतृत्व तहमा संस्थामा राजनीतिक प्रभाव छैन भनेर जति नै भने पनि नेताहरुको घरघर चाहर्नु र सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्नुले पनि संस्थामा राजनीतिक हस्तक्षेप छ भन्ने प्रमाणीत भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :
“एनआरएनएको ९ औ बिश्वसम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष नेपालको राजनिती पार्टीहरु सिधै हावी भएको सबै एनआरएनहरुले सिधा अनुभव गरेकै थियौ। सरकार देखि शिर्ष नेताहरुले आफ्नो पार्टीको उम्मेदवारलाई खुलेआम भोट मागेर एनआरएनएमा राजनीति भित्र्याएको मात्र नभई सिधै हस्ताक्षेप सम्म गरे भन्ने आमएनआरएनहरुको गुनासो रहदै आएको छ।

एनआरएनएको बिधानत बिदेशमा रहने एनआरएनहरुको हक आधिकारको आवाज बुलन्द बनाउने सामाजिक संस्था भएको लेखिएको छ। तर ९ औ बिश्वसम्मेलनमा एनआरएनएका अभिन्यताहरु पार्टीका नेताहरुको आशिर्वादबाट नै एनआरएनएमा उम्मेदवार बनेको प्रमाणित गरेका छन। एनआरएनए बिश्व सम्मेलन सकिए पश्च्यात हतार हतारमा पार्टीका नेताहरुको बधाई तथा शुभकामना लिन र खातामाला तथा नेतासित जोडिएर खिचेको तस्बिरले सामाजिक संजाल रंगीचंगी बनाएको देखिन्छ। मिडियामा जे जति एनआरएनहरुका हक अधिकारहरुका जोसिला, उत्तेजित भाषण र संचार माध्यममा अन्तरवार्ता दिए पनि वास्तविकतामा भने आमएनआरएनहरुको सम्पर्क भन्दा बाहिर रहने एनआरएनएका नेताहरु अभियानको प्रचलन निरन्तरता नै रह्यो । एनआरएनएमा देखा परेको बिकृती र बिसङ्तीले नेतृत्व सम्म पुग्न राजनितिक नेताको चाकडी र लम्पसारबाट प्राप्त भएको आशिर्वादले मात्र एनआरएनएको नेता हुनु आमएनआरएनहरुको मुल्य मान्यतालाई अपमान गर्नु मात्र हो।

एनआरएनएको विश्व सम्मेलनमा हात जोडेर एनआरएनए प्रतिनिधिहरुसित भोट भाग्नेहरुले सम्मेलन सकिए पश्चात आमएनआरएनहरुले बधाई तथा शुभकामना दिन सम्पर्क गर्‍यो भने पनि वेवास्ता गरि चट्क्कै भुलेर नेताहरुको ढोका ढोकामा खातामाला र रङिन तस्बिर खिचेर समाजिक संजालमा राख्न लाजशर्म पनि नभएका नकचराहरुले अझ भन्दै छन एनआरएनएमा राजनीतिक हावी भयो एनआरएनएमा राजनीतिको प्रभाव हुनु हुँदैन।हामी यसको बिरोध गर्दछौ। यसो गर्न दिदैनौ। देखाउने र खाने दाँत अलग भएका एनआरएनएका नेताहरुको के कुरा गर्नु !”

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १३:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...