Sansar News- Nepal's Fast Khabar Online News Portal

जुगपानीको डाँडातिर आर्मी बनेर खुबै खेल्यौँ

सुरेन्द्र श्रेष्ठ,बेलायत
३ हप्ता पहिले
जुगपानीको डाँडातिर आर्मी बनेर खुबै खेल्यौँ

Surendra Nepal Shrestha : सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट डेढ घण्टा हिँडेर पुगिने स्याउलेमा ०२४ साल भाद्र ३१ गते जन्मेको रहेछु । आमाको माइतछेउमै बुबाले घरजम जमाउनुभएको रहेछ । त्यस भेगमा साह्रै राम्रो ख्याति पाउनुभएका ललितबहादुर सुब्बाकी छोरी पाउन सायद ठूलै कष्ट गर्न परेको हुन सक्ने आमाको भनाइबाट अनुमान लगाएको छु । बुबा पनि रमाइलै गर्नुपर्ने खालको हुँदा सुरुको जीवन कष्टकर नै बितेको हुन सक्छ । दाइहरूलाई काठमाडौं चौतारा पढाउन राख्नुभएको थियो । त्यतिखेर ठेक्का गर्ने र पसलको काम गर्नुहुन्थ्यो । तर, रक्सी पिउने बानी भएकाले धेरै कुरा लथालिंग नै थिए क्यार । चौतारामा एउटा घर बनाउनुभएको थियो । त्यहाँ भूमिसुधारको अफिस पनि थियो ।

म पाँच वर्षको हुँदा सपरिवार चौतारामा आयौँ । त्यस अगाडिका घटना त्यति याद छैनन् । घरमा भेडा पालेको र त्यो धेरै ठूलो भएको कुराको
झल्को मात्रै छ । मलाई फापरको रोटी खुबै मन पथ्र्यो । वरपर घरमा जाँदा पनि त्यही मागेर खान्थे । एकपटक स्क्वास खाने भनेर आमाले
बनाएर सन्दुकमा राख्नुभएको रक्सीलाई बेस्सरी चलाएर फिँज निकालेर पिए“छु र झन्डै ज्यान गयो । सबैले आशा मारिसकेका थिए । बाजेको
बगैंचामा भोगटे टिप्न भनी चढेको र चिप्लेर खस्दा देब्रे पाखुरा अड्केर ठूलो घाउ लाग्यो जसको खत अझै छ । घरअगाडि सानो बारीमा मकै
छरेको थियो । पोलेर खानप¥यो भनेर सुपारी काट्ने चुप्पीले मकैको मुनि डाँठमा समातेर माथिबाट काट्दा देब्रे हातको औला झन्डै छिनेको ।
त्यसको चिनो पनि अझै छ ।

दाइहरूको व्रतबन्ध गर्दा थुप्रै आफन्तहरूको जमघट थियो । हामी सबैलाई सुट र टाई किनिदिनुभएको थियो । आमाको स्वास्थ्य राम्रो थिएन । ठूली दिदीको मृत्युले एक्लोपन भएको र सहयोगका लागि ठूलो मामाकी छोरी निरे दिदी हामीसँगै बस्नुहुन्थ्यो ।

मेरो हुर्काइबढाइ उहाँले नै गर्नुभयो । चौतारामा आउँदा मलाई बोकेर ल्याउनुभएको र डाँडे गौँडामा थकाइ मारेको चाहिँ सम्झना छ । त्यो दिन
सहकारी भएको घरमा बस्यौँ । केही समयपछि गैरीगाउ“मा डेरा गरेर बस्न थाल्यौँ । त्यहाँअलि लामो समय बस्यौँ । दाइहरूलाई पढाउन श्याम श्रेष्ठ आउनुहुन्थ्यो । पछि बिलबहादुर सर आउन थाल्नुभयो मलाई पनि ‘क ख’ सिकाउनुहुन्थ्यो । सात वर्षको उमेरमा एकैपटक श्रीकृष्ण व्यावसायिक माविमा तीन कक्षामा भर्ना गराइएको थिएँ । एकैपटक ठूलो कक्षामा भर्ना हुँदा अलि गाह्रो भयो । थुप्रै किताबहरू झोलामा बोकेर हिँड्दा गर्व लाग्थ्यो । तीन कक्षाको शारीरिक स्वास्थ्यको किताबको बाहिरी खोलमा मान्छेको अस्थिपन्जर छापिएको त्यो पनि रातो र सेतो रंगको भएकोले बडो राम्रो लाग्थ्यो । त्यतिखेर संस्कृत बद्रीगुरुले पढाउनुहुन्थ्यो । कान समात्ने र पिट्नेमा माहिर ।

म सात वर्षको उमेरमा व्रतबन्ध गर्न साँखुको बज्रयोगिनी मन्दिरमा लगिएको थिएँ । माहिलाबाको छोरा महेश्वरसँग गरिएको थियो । कन्दनी
लगाउन अप्ठ्यारो भएकाले एक घण्टा पछाडि नै फुकालेर त्यहीँ छेउमा इँटाले छोपेर राखेँ । स्कुलमा राम्रो पढ्नेमा गनिन्थेँ । मलाई त्यति पढेजस्तो लाग्दैनथ्यो । सात कक्षासम्म खै के पढियो, थाहा भएन तर त्यतिखेर एनडीएसमा  आउनुभएका गुरुआमाहरूसँग मिलेर रमाइलो गरेको सामाजिक काम गरेको भने अलिअलि याद आउँछ । अम्बर सर र पूर्ण लामा सर बहुतै सांस्कृतिक पाराका हुनुहुन्थ्यो । नाटकहरू बर्सेनि देखाउनुहुन्थ्यो । म ६ कक्षामा पढ्दा थियो होला मलाई केटी बनाएर एउटा कमीक तयार गरिएको थियो । त्यसको फोटो अम्बर सरले धेरैपछि चौतारा फर्कंदा मेरी श्रीमतीलाई देखाउनुभएको रहेछ, मैले मागेर राखेको छु । म नाच्ने गाउनेमा अति नै रुचि राख्ने ।

म नाच्थेँ । मेरो नाचको सुरुवात तामाङ सेलोमा रामकृष्णसँग केटी भएर नाचेपछि सुरु भयो र जिल्लाबाट समेत छानिएर अञ्चलस्तरीय
प्रतियोगितामा सहभागी भएँ । वीलबहादुर सर गितार लालबहादुर बाँसुरी र दिलकुमारी गायनसहित हामी पाँचजना जनबहाल लजमा बसेर नक्सालको महेन्द्र ‘विद्यालयमा सांस्कृतिक कार्यक्रम देखाउन गएका थियाँ । पाचौँ  स्थान आयो ।

गैरीगाउँमा बस्दा रमाइलै दिनहरू बितेजस्तो लाग्छ । दाइहरू पनि सँगै हुनुहुन्थ्यो । प्रत्येक पटक बुबा काठमाडौं जानुहुँदा हामी सबैलाई
एक/एकवटा सामान ल्याइदिनुहुन्थ्यो । एकपटक मेरो भागमा बल परेको थियो । सायद आनन्द दाइको साथी गोविन्द दाइले जस्तो लाग्छ, बललाई खुट्टाले माथि हिर्काउँदा फुट्यो । म दुःखी भएको थिएँ ।

त्यतिखेरको प्रभावले हामीहरू अलि अनौठा काम गथ्यौँ । लट्ठीलाई बन्दुक बनाएर झाडीमा लुकेर युद्ध गर्ने भनेर त्यसै गरिन्थ्यो । जुगपानीको डाँडातिर पनि आर्मी बनेर खुबै खेल्यौँ । वनमारा तितेपातीको पात पिँधेर उपियाँ मार्ने औषधि बनाउनुहुन्थ्यो दाइहरू । स्कुलको डाँडामा साँझ परेपछि नयाँ र पुरानो बजारका केटाहरुबिच झगडा पथ्र्यो । त्यो अति व्यवस्थित तरिकाले हुन्थ्यो । दुई पक्षबिच लाइन लगाइन्थ्यो र पालैपालो कुस्ती खेल्थ्यौँ ।

मेरो जीवनमा व्यक्तिगत झगडा भने भएन भने पनि हुन्छ । एकपटक राजुसँग नारायणकाजीको घरअगाडि अलि मुक्कामुक्की भएको थियो । सायद त्यो दिन पशुपतिशमशेर चौतारा आउँदै थिए र त्यसैबारे भनाभन भएर हो कि जस्तो लाग्छ ।

मलाई टन्सिलले खुबै पिरोल्थ्यो । जतिखेर पनि त्यही समस्या हुन्थ्यो । एकचोटि त एक महिनासम्म लगातार सुई दिनुपर्ने भयो । बडो ठूलो सिरिन्ज भएर डराउँथेँ तर एकजना साह्रै राम्री नर्स थिइन् । मेरा लागि भनेर पूरै नेबिको चकलेट किनेर राखेको रहेछ । जब म जान्थेँ उनले सुई दिन तयारी गरिसकेपछि चकलेट दिन्थिन् र खाऊ त भन्दा इन्जेक्सन् दिइसक्थिन् रुने समय नै पाइन्नथ्यो । उनै नर्ससँग टुँडिखेलमा ब्याडमिन्टन खेलेको पनि राम्रो सम्झना छ र पटक–पटक थुप्रै माछाको तेल पनि खुब दिनुहुन्थ्यो । क्रमशः 

(प्रस्तुत सामग्री गैरआवासीय नेपाली अभियन्ता सुरेन्द्र श्रेष्ठद्वारा लिखित तथा रंग नेपालद्वारा प्रकाशित ‘मेरो आधा शताब्दीको बाल्यकाल र विद्यालय जीवन शिर्षकबाट लिइएको हो ।)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…