Sansar News- Nepal's Fast Khabar Online News Portal

पहिलोपटक मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न

संसार न्यूज़
३ हप्ता पहिले
पहिलोपटक मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न

८ कार्तिक , काठमाडौँ । मिस्टर एण्ड मिस स्टार चितवन २०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।

ग्राण्ड फिनाले यहि आउदो कार्तिक १६ गते शनिबार भब्यताको साथ् गरिने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन् । भर्खरै मात्र सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफ्नो आफ्नो कला, क्षमता प्रदर्शन गरेका थिए ।

भरतपुर चितवनमा नै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले “मिस्टर एण्ड मिस स्टार चितवन २०१९ ” प्रतियोगिताको आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा सबिना गुरुङ, रुपा केसी, सिमा महतो, बेनिशा छेत्री, नविना अधिकारी, श्रवन श्रेष्ठ, सनम कंडेल, भावना पाण्डे, मनोज तामाङ, किरण दनुवारले प्रतिश्प्रधा गरिरहेका छन् ।

होटल बन्दीपुरमा सम्पन्न भएको उक्त ट्यालेन्ट राउण्ड प्रतियोगितामा बिकाश सापकोटा, कमल बराल, अस्मिता नेपालीले निर्णायकको भूमिका निर्बाह गरेका थिए ।

चितवनमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरेर अनुभब बटुली सकेकी सरिता आचार्यको आयोजनामा भईरहेको यस प्रतियोगितमा मोडल सम्पदा अमगाई र मोडल सृष्टि भुसाल कार्यक्रम संयोजक रहेका छन् ।

भबिष्यमा नेपाल बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको कुरा “मिस्टर एण्ड मिस स्टार चितवन २०१९” को अधक्ष्य आचार्य बताउँछिन ।

मिस्टर एण्ड मिस स्टार चितवन २०१९ प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । साथै बिजेतालाई नगद सहित आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ ।

कोरियोग्राफर अस्मिता नेपालीले कोरियोग्राफी गरिरहेकी प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिदै आएको छ ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित अन्य गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक सस्थाले गराएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…