Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : आरन

निम राना,मालारानी, अर्घाखाँची
३ हप्ता पहिले
कविता : आरन

यो आरनको खलाँती,
र मेरो फोक्सो,
उहीँ आरनको पुरानो अगेना,
दुवैले हावा तान्छन् फाल्छन्,
आगो पनि फाल्छ खलाँतीले,
मेरो फोक्सोले मनतातो हावा मात्र,
के होला मेरो फोक्सोले पनि हावा फाले,
खुबै होला ड्रागन,
खुबै होला खलाँती,
आगो फ्याँक्ने बादल,
फु गर्दा कि निभ्ने कि दन्केर झन् बल्ने आगो,
न किनकिको ।

अचेल मैले फलाम पगालेर हत्त्यर बनाउदैछु आरनमा,
खरानी आकारका झिल्काहरु जोड्दैछु आरनमा,
घाम ओकलेर फेरि निल्छ क्षितिजले,
जब मैले खलाँतीले फुक्छु,
काँचो फलाम पाक्छ फत्लक्क,
फलाम माथि तातो फलाम राखेर फलामे घनले हिर्काउछु,
तब आगोको झिल्काको खार निल्छु,
केही धुँवा छानााका करङहरुमा कालो भएर जम्छ,
बादल कहाँ जम्छ,
त्यो फलामभन्दा कठोर त मेरो मन थियो,
अझ तथाकथित क्षणहरु ।

सहुलियत र सुविस्ता खोजेको भए,
उहिल्यै आगो निलेर खलाँती,
मेरो फोक्सो,
विस्फोट हुन्थ्यो,
न हग्थ्यो काती,
न बादल मेरो बदला विस्फोट हुन्थ्यो,

म युगौदेखि आरन पोलिरहेछु,
पोलिरहेछु फलाम,
डढेको छैन् अझै आरन ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…