Sansar News- Nepal's Fast Khabar Online News Portal

संस्मरण : अठ्ठाईस दिनको रिमाण्ड

अशोककुमार शिवा,गल्कोपाखा, काठमाण्डौं
३ हप्ता पहिले
संस्मरण : अठ्ठाईस दिनको रिमाण्ड

२०३७ साल चैत्र ११ गते साँझको करिव ९ः३० बजेको हँदो हो मेरो घरको मूल ढोका ढकढक ढक्ढकियो । को हो भन्दै मेरो बा ढोका तिर लम्कनु भयो । जसै बाले ठोका खोल्नुभयो ढोका अगाडि हतियार सहितका प्रहरी टोली देखेर बा केही डराउनुभयो । सईको कमाण्डमा एक टुकडीले मेरो घर पुरै घेरा हालिसकेको रहेछ । बाले हडबडाउदै सोध्नुभयो ‘सई साहव के भयो ? हतियार सहित दलबल लिएर पो आउनुभयो त’ ‘म त तपाईको छोरा अशोकलाई लिन भनेर पो आएको दाई’ सईले भने । म आफ्नो ओछ्यानमा ढल्किनै लागेको थिएँ मनमा चिसो पस्यो ।

ओछ्यानबाट जुरुक्क उठेर म सई भएतिर गएँ । एउटा ओढ्ने बोकेर हिड एकछिन इन्स्पेक्टर साहवले बोलाउनु भएको छ भन्दै सईले बालाई दाई नआत्तिनु होला एकछिन बोलाएको हो, केही कुरा सोधखोज गरेपछि आईहाल्छ भनेर आश्वासन दिएर मलाई अघि लगाएर हिडे । बाको आँखा भरी डरसरीको आँसु छचल्किएको देखे मैले तर म कति पनि बिचलित नभई अघि लागेर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गको कार्यालय पुगें ।

मलाई प्रहरी कार्यालय पु¥याउनु अघि नै त्यहाँ मेरा साथीहरु रत्न लावुङ्ग र ईन्द्रकुमार श्रेष्ठलाई साथै पर्शु कार्की दाईलाई समेत पु¥याईसकिएको रहेछ । मैले सोचेको थिएँ सोधपुछ गर्न ल्याएको ईन्स्पेक्टरको कार्यालयमा लैजान्छन होला भनेर तर हामीलाई त कालकोठरी (जहाँ बडेमानको तुरुङ्ग भुईंमा तेर्सिएको थियो) मा पो लगियो र ल अब यही बस भनियो । एकैछिनमा त्यहाँ डिउटिमा रहेका प्रहरी हवल्दार आएर हामीलाई हेर्दै कुर्लियो ‘सुत मुला अतहरु खुट्टा तुरुङ्गमा हाल’ भन्दै तुरुङ्गको माथिपट्टिको भाग उचालेर हाम्रो खुट्टाहरु लहरै तुरुङ्गमा हालेर माथिबाट ढक्कन लगाए झै लगाएर ताला ठोक्यो । भुईं चिसो थियो । ओछ्याउने केही थिएन । जीवनमा पहिलोपल्ट माटोमाथी विना ओछ्यान हामी पल्टियौं र सुरु ग¥यौं कठिनाईको अनिश्चित यात्रा ।

हामीलाई पक्राउ गर्नुको खास कारण थियो चैत्र १४ गतेको विद्यार्थी आन्दोलन । २०३७ साल चैत्र १४ गते देशव्यापी विद्यार्थी आन्दोलन थियो र हामी त्यसैको काममा खटिएका थियौं । म अनेरास्ववियु पाँचौंको सदस्य थिएँ । पर्शु दाई र रत्न लावुङ्ग संगठनको दृष्टिकोणले हामी म र ईन्द्र भन्दा सिनियर हुनुहुन्थ्यो । मलाई १४ गतेको कार्यक्रमको विस्तृत स्वरुप त थाहा थिएन तर पम्ल्पेटिङ्ग गर्ने कामको जिम्मेवारी भने लिएको थिएँ । सईको छोरा उमेश मेरो भाईको स्कुलको साथी थियो । स्कुलमा हुने गतिविधिको बारेमा उसैले उस्को बाबुलाई रिपोर्टिङ्ग गर्दोरहेछ । त्यही रिपोर्टिङ्गको आधारमा मलाई ११ गते नै अरु साथीहरु सहित पक्राउ गर्ने योजना बनाई पक्राउ गरिएको रहेछ ।

कालकोठरी बसाईको पहिलो रात हाम्रोलागि ज्यादै पीडादायक बन्यो । चिसो भुईंमा सुताई त्यस्मा पनि न ओर्किनु न फर्किनुको हालत थियो तुरुङ्गमा राखेकोले गर्दा । रात भर पिसापले चापेर अर्को सकस थियो । लौ न गाह्रो भयो पाईखाना लैजाओ न भन्दा ‘चुपलाग विहान एकैचोटी लैजाने हो’ भन्थ्यो डिउटिवाल पुलिस । जसोतसो विहान भयो र प्रहरी जवानले हामीलाई पालैपालो पाईखाना लग्यो र फर्काएर यथास्थितिमा तुरुङ्गमा राख्यो । त्यस दिन पनि हामीहरुलाई ईन्स्पेक्टर कहाँ उपस्थित गराईएन ।

तेश्रो दिन देखी हामीलाई दिन विराएर केरकारको काम सुरु गरियो । ईन्स्पेक्टर पि.पि. प्रजापती कुर्सिमा बसेर नेताहरुको वारेमा भन को कहाँ के गर्छ ? तँहरु क–कस्कोलागि के के काम गर्छस ? जस्ता अनेकन प्रश्नहरु सोध्दै गर्थे भने पछाडि उभिएको प्रहरी जवान कहिले भाटाले पुट्ठामा हान्ने त कहिले झरिलो सिस्नो शरिरभरी दल्ने काम गथ्र्यो । पीडालाई दाँतमा चपाएर मुर्मुरिदै उभिनु बाहेक केही काम थिएन हाम्रो । जति यातना दिएपनि मैले मेरो अनुशासनलाई भने छोडिनँ । एक दिन साथीहरु रत्न र ईन्द्रले खप्न नसकेर मुख छाड्दा रत्नको मुख नै सुन्निने गरी र ईन्द्रलाई पनि निकै जोडले हिर्काएर पठायो । पिटाईको तोडले र सिस्नोको झमझमले हामीलाई घरबाट ल्याईदिएको मिठो खानेकुरा पनि स्वाद वेगरको जस्तो लाग्थ्यो । हामी संगै एकजना फौजदारी मुद्धामा थुनामा रहेका दाई थिए, उनलाई झारफुकको ज्ञान समेत रहेछ, हामीलाई फुकेर सिस्नोको डाहा मारिदिने काम गर्दथे ।

हामी सबैको घरबाट भिन्दाभिन्दै परिकारका खानाहरु आउँथ्यो हामी सबै खानेकुरा एउटै प्लेटमा खन्याएर खान्थ्यौ । हामीले त्यसरी खाएको देखेर ड्युटिका प्रहरीहरु हामीलाई खिज्याएर मुला भोटेहरु भन्थे । एउटा पासाङ्ग भन्ने प्रहरी थियो, ज्यादै क्रुर मनपरी मुख छाड्थ्यो । कहिले त हामी सुतिरहेको ठाउँमा आएर बुटले हान्थो । हामी केहीगर्न सक्ने अवस्थामा थिएनौं, सिवाय पिसाबले अति च्याप्दा नजिकै राखेको तिनका छालाका बुट तानेर त्यसैमा सुसु गर्दिन बाहेक । छालाको बुट सुसुले पुरै ढाडिएको हुन्थ्यो । यो अतहरुले बुटमा सु ग¥यो कि के हो भन्दै सुकाउन लैजान्थे । तुरुङ्गमा राखेर लडाईएका हामीलाई बाहिरबाट ईन्पेक्टर कराउँदै हामी भएको कोठामा छिरेर उठ के ससुरालीमा सुतेजस्तो गरेर सुत्छौ भन्थे । हामी सकिनसकी उठेर एकछिन बस्थ्यौं ।

यस्तैमा चैत १४ गते आयो । उक्त दिन विहानै देखी प्रहरी कार्यालयमा खास हलचल बडेको थियो । मध्यान्ह तिर होहल्ला बड्यो । सुनियो थुप्रै विद्यार्थीहरुलाई पक्राउ गरेर ल्याएको कुरा । पक्राउ पर्नेमा पुरुष र महिला विद्यार्थी साथीहरु धेरै रहेछन । उनीहरुलाई अर्कै कोठामा थुनेर राखेको रहेछ, हामीले भेट्न देख्न पाएनौं । त्यसमा पनि हामी ११ गते नै पक्राउ पर्नेहरुलाई विशेष निग्रानीमा राखिएको थियो । १४ गते पक्राउ परेका पवित्रा दिदी जो मेरो साईला काकाकी माईली छोरी थिईन, उनी लगायत शशी श्रेष्ठहरुलाई कडा यातना दिएको थाहा पाएर हामीले ईन्पेक्टर सामु कडा प्रतिवाद ग¥यौं र त्यस वापत कडा गोदाई पनि खायौं ।

एक दिन हामीलाई अरु केही बहानामा अर्को जिल्ला सार्ने कुराको सुईको केही भित्रिया सहयोगी प्रहरीबाट नै चाल पायौं र सो कुरा गोप्य रुपमा आ–आफ्नो घरमा जानकारी पठायौं । हामीलाई जिल्ला सार्ने कुरा बजारभरी फैलिएछ । हाम्रा अविभावक लगायत बजारका गन्यमान्य व्यक्तिहरुले हामीलाई जिल्ला सार्ने कुराको विरोध सिडियो मार्फत गरेछन् । जिल्लाबासीको विरोधका कारण हामीलाई अर्को जिल्लामा लगिएन । ईन्स्पेक्टरको योजना अनुसार हामीलाई अन्यत्र लैजान पाएको भए हाम्रो ज्यानको सुरक्षाको कुनै ग्याारेन्टी हुने थिएन सायद । अनेक यातना दिदै २८ दिनसम्म कालकोठरीमा राखेर २०३८ साल बैसाखको १२ गते मलाई छाडियो र म घर आएँ तर पर्शु दाई, रत्न लावुङ्ग र ईन्द्रकुमार श्रेष्ठलाई ६ महिनासम्म जेल बसेर पछि मात्र छुटे ।

त्यस घटना पछि म जिल्लामा बसिनँ, काठमाण्डौं आएर बसें भने रत्न लावुङ्ग व्रिटिस आर्मीमा भर्ति भएर गए, ईन्द्रकुमार श्रेष्ठ केहिसमय जिल्लामा नै बसे । पर्शु दाई पनि केही पछि काठमाण्डौ तिरै आउनुभयो । काठमाण्डौ तिर आएपछि नेताहरुको संरक्षण खासै पाईएन त्यसै बरालियो । ईन्द्रकुमार श्रेष्ठ र मैले केही समय कानून मन्त्रालयमा तत्कालिन कानून मन्त्री विष्णु मादेनको सिफारिसमा अस्थायी खरिदारको जागिर पनि खायौं ।

मैले पछि थाहा पाए अनुसार मलाई चैत्र ११ गते पक्राउ गर्नुको कारण ईन्पेक्टर सिजापतिको बदलाको भाव थियो । उक्त कुरा काठमाण्डौंको सिंहदरवार परिसरमा उनै सिजापतीसंगको जम्का भेटमा उनले भनेका थिए । त्यसवेला तिनी डिएसपी भईसकेका थिए । कारण थियो, २०३७ सालको एस.एल.सि. परीक्षा । उक्त एस.एल.सि. परीक्षाको पहिलो दिन नै परीक्षाहलबाट चिट चोरेको बहानामा एकजना विद्यार्थीलाई ईन्स्पेक्टर स्वयम्ले रेष्टिकेट गरेको खवर बाहिर आयो । म, देवेन्द्र गौतम लगायत केही साथीहरु परीक्षा चलिरहेको भानु मा.वि. अम्बिटारको स्कुल अगाडिको चउरमा थियौं । परीक्षा हलको उक्त घटना बाहिर आउनासाथ चउरमा भएका हामीले ईन्पेक्टरको विरोधमा नारावाजी गरेका थियौं । सोही नारावाजीका कारण परीक्षार्थीहरु सबै कलम कापी छाडेर बाहिरिएका थिए । हाम्रो दलिल थियो ईन्पेक्टरले त्यसरी परीक्षार्थीको भविष्यमा खेलवाल गर्न पाउँदैनन् भन्ने । उक्त दिनको परीक्षा रद्ध भएको थियो । सोही घटनाको पहिलो तारो म बनेको रहेंछु । त्यसैवेला देवेन्द्र गौतम भागेर धरान तिर आएर व्रिटिस सेनामा भर्ति भएर गएछन । म इन्स्पेक्टरको आँखा छल्दै जिल्लामानै बसेको थिएँ, त्यसैको राम्रो बदला लिने मौका बन्यो चैत्र १४ गतेको विद्यार्थी आन्दोलन । मसंग बदला लिन पाएर ईन्स्पेक्टर सिजापती मख्ख थियो तर म भने २८ दिनको गोडमेलले राजनैतिक परिपक्व वनेको थिएँ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…