Sansar News- Nepal's Fast Khabar Online News Portal

सिस्नुपानी नेपालले निष्कासन गरेको भन्ने काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन – लक्ष्मण गाम्नागे

संसार न्यूज़
४ हप्ता पहिले
सिस्नुपानी नेपालले निष्कासन गरेको भन्ने काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन – लक्ष्मण गाम्नागे

नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट पनि केही कार्यक्रम समावेश गर्ने सहमति भए अनुसार त्यहाँको कर्मचारी भएको हैशियतमा प्रतिष्ठानले नै उहाँलाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराएको हो । प्रज्ञाबाट अवकास भएका कारण गत वर्षदेखि नै उहाँ सिस्नुपानी देउसीमा सहभागी हुनुहुन्न । तर यो वर्ष आएर सिस्नुपानीले देउसीमा सहभागी गराएन भनेर वक्तव्यवाजी गर्नु र काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन ।

१० कात्तिक, काठमाडौँ । हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिंखडाले आफूलाई सिस्नुपानी देउसी निस्कासन गरिएको भनि सञ्चारमाध्यममा बोलेको कुराप्रति सिस्नुपानी नेपालले ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष लक्ष्मण गाम्नागेले प्रेस वक्तव्य जारी गर्दै सञ्चारमाध्यमहरूमा हास्यव्यङ्ग्य कवि सिंखडालाई “माथिको दवावमा” सिस्नुपानी देउसीबाट निस्कासन गरिएको भन्ने समाचारहरू आएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । कवि सिम्खडा सिस्नुपानी नेपालको सदस्य कहिल्यै पनि नरहेको स्पष्ट पार्दै उनलाई संस्थाले निश्काशन गर्ने भन्ने प्रश्नै नहुने उल्लेख छ ।

सिस्नुपानी नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट पनि केही कार्यक्रम समावेश गर्ने सहमति भए अनुसार त्यहाँको कर्मचारी भएको हैशियतमा प्रतिष्ठानले नै सिम्खडालाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराउँदै आएको र उनले प्रज्ञाबाट अवकास भएका कारण गत वर्षदेखि नै उनलाई सिस्नुपानी देउसीमा सहभागी नरहेको पनि वक्तव्यमा स्पष्ट पारिएको छ।
सिस्नुपानी नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ :
“नेपाली सञ्चारमाध्यमहरूमा हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिंखडालाई “माथिको दवावमा” सिस्नुपानी देउसीबाट निस्कासन गरिएको भन्ने समाचारहरू आएका सन्दर्भमा हाम्रो ध्यानाकर्शष भएको छ । यस सम्वन्धमा हामी जानकारी गराउन चाहन्छौँ, कवि शैलेन्द्रजी सिस्नुपानी नेपालको सदस्य कहिल्यै पनि नरहनुभएको हुँदा उहाँलाई संस्थाले निश्काशन गर्ने भन्ने प्रश्नै हुँदैन ।

सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यात्मक देउसी आयोजना गर्न थालेको २२ वर्ष भएको र श्री सिंखडा २०७३ र २०७४ सालमा जम्मा दुईपटक मात्र हाम्रो देउसीमा सहभागी हुनुभएको हो । हामीले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट पनि केही कार्यक्रम समावेश गर्ने सहमति भए अनुसार त्यहाँको कर्मचारी भएको हैशियतमा प्रतिष्ठानले नै उहाँलाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराएको हो । प्रज्ञाबाट अवकास भएका कारण गत वर्षदेखि नै उहाँ सिस्नुपानी देउसीमा सहभागी हुनुहुन्न । तर यो वर्ष आएर सिस्नुपानीले देउसीमा सहभागी गराएन भनेर वक्तव्यवाजी गर्नु र काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन । संस्थाले आयोजना गर्ने कार्यक्रममा कसलाई सहभागी गराउने वा नगराउने कुरा संस्थाको अधिकारको कुरा हो ।

कवि जस्तो वौद्धिक व्यक्तिले कुनै मन्चबाट कविता सुनाउन नपाएकै कारण संस्थालाई गाली गर्नु वा भ्रामक प्रचारप्रसार गर्नु दुखद् कुरा हो । सिंखडाजीलाई कसैको दवावमा सहभागिताबाट बन्चित गरिएको होइन । सिस्नुपानी नेपाल कसैको दवाव वा प्रभावमा परेर आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुने संस्था होइन । निरंकुशतन्त्रका विरुद्ध समेत लडेर आएको संस्था हो । हामी विकृति– विसंगति विरुद्ध निरन्तर काम गर्न प्रतिवद्ध छौँ । हास्यव्यङ्ग्यका नाममा ठाडो गालीगलौज, अश्लिलता, महिलाहरूप्रति अपमान, जातजाति, धर्म, सम्प्रदायमाथि कटाक्ष गर्ने र समाजमा नकारात्मकता फैलाउने गलत परम्परा विरुद्ध संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको छ । हास्यव्यङ्ग्यलनई सभ्य र शालीन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने हाम्रो अठोट छ ।

हाम्रा लाखौँ शुभचिन्तक पाठक, दर्शक, श्रोता तथा सन्चारजगतप्रति हामी सदा कृतज्ञ छौँ । धन्यवाद ।”

लक्ष्मण गाम्नागे
अध्यक्ष

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…