Sansar News- Nepal's Fast Khabar Online News Portal

फूलको महत्व र यसको अर्थशास्त्र

दशरथ उप्रेती, अमेरिका
४ हप्ता पहिले
फूलको महत्व र यसको अर्थशास्त्र

फूल-फूलको अनुपम सौन्दर्य देखेर हरेक मान्छेको मन मोहित बन्छ । फूल हेर्न,समिपमा जान, स्पर्श गर्न, जानकारी लिन र सुगन्धको अनुभुति गर्न लालायित हुन्छ मान्छे । फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतिक पनि मान्न सकिन्छ । फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो ।

धार्मिक, सा‘स्कृतिक, सामाजिक, शारिरीक, मानसिक, भावनात्मक र वातावरणिय महत्व र फाईदाहरू धेरै भएको फूलको आर्थिक महत्व र दायरा बर्तमान समयमा बढ्न थालेको छ । बिश्वमा बार्षिक करिब १० बिलियन डलर बराबर फूलको निर्यात हुने अनुमान गरिएको छ ।
फूल उत्पादन, प्रशोधन र निर्यात गर्ने प्रमुख राष्ट्रहरुमा निदरल्यांन्ड, कोलम्बिया, ईक्वेडर र केन्या हुन भने बेलायत, जर्मनी, फÞ्रांस र बिश्वका प्राय सबै देशहरुमा पनि फूलको उत्पादन, प्रयोग र बिक्री बितरण हुन्छ । फूलको व्यवसायिक उत्पादन र कारोबार तिब्र गतिमा बढिरहेको छ ।

फूल र अमेरिका-अमेरिकीहरू फूल, बोटविरुवा र हरियालीका पारखी हुन्छन् । प्रायस : सहरहरुका प्रत्येक घरले एक वा दुई छायाँ वा शितल दिने बोटविरुवा रोपेर हुर्काउनु पर्ने नीति नियम, अधिकांश घरहरुमा फूलबारी र बरबगैचा अनि प्रत्येक टोल र छिमेकको नजिकै पार्क उद्यानहरु, सड़क छेउमा बोटविरुवा र तिनीहरुको संरक्षण संबर्द्धनमा जनता र स्थानीय सरकारले गरेको काम र हरियाली कायम राख्न, वातावरण सुन्दर बनाउन गरेको प्रयास उल्लेखनीय छ । हरेक सुपर मार्केटहरुमा फूल पाईन्छ र अमेरिकनहरू बिशेष अवसरहरुमा फूलको उपहार दिन मन पराउछन् ।

बजारमा कुनै दिन किनमेल गर्ने क्रममा चेकआउट काउन्टरमा एक क्रेता बास्केट भरि सुन्दर गुलाबका पुष्पगुच्छा सहितका फूलका कटहरूसमेत लिएर चेकआउटको प्रतिक्षामा थिए । मैले आँखाहरू फूलमा राख्दै तारिफ गर्दै भने कति मनमोहक फूलहरु ! यि कहाँ र कस्ले उत्पादन गर्यो होला ! जहा‘ जस्ले गरे पनि म प्रशंशा गर्न चाहन्छु र तपाईलाई पनि यि सुन्दर फूलहरुको लागि बधाई !

खुशी भएर धन्यबाद दिदै ति फूल पारखिले भने, ‘यि गुलाबका कटहरू कोलम्बियामा उत्पादन भएका हुन । आकार, सुगन्ध र सुन्दरतामा त्यहाँबाट आएका फूलहरू उच्च गुणस्तरका हुन्छन् । म फूल किन्दा कोलम्बियाको प्राकृतिक वातावरण र त्यहाँका फुलबारी र उध्योगमा काम गर्ने मान्छेहरुसँग भावनात्मक रुपमा जोडिएको हुन्छु । तपाईलाई थाहा छ! अमेरिकाको फूल बजारमा कोलम्बिया अग्रस्थानमा छ ।’ यति भन्दै ति मानिस बिदा भए । कफि, संगीत (साकिरा) र कुनै समयमा कोकेन (लागुपदार्थ) हरुले कोलम्बियाको बारेमा बुझेको यो पंक्तिकारलाई कोलम्बियाको फूल अर्थशास्त्र बुझ्ने र फूलको माध्यमबाट पनि कोलम्बिया चिन्ने उत्सुकता जाग्यो ।

फूल र कोलम्बिया-यु एस ब्यूरो अफ ईकोनोमिक्स एनालाईसिस (BEA) को एक तथ्यांक अनुसार २०१७ मा अमेरिकामा ३५.२ बिलियन डलरको फूलको कारोबार भएको र फूलमा प्रति ब्यक्ति खर्च सोहि बर्ष १०७.८९ डलर रहेको देखिन्छ । अमेरिकामा खपत हुने ताजा फूलको ८० प्रतिशत क्यालिफोर्नियामा उत्पादन हुन्छ भने आयात हुने अधिकांश फूलहरू दक्षिण अमेरिकी देशहरू जस्तै ईक्वेडर, मेक्सिको, ग्वाटेमाला र ७८ प्रतिशत फूलको आपुर्ति कोलम्बियाले गर्छ। अर्थात अमेरिकी फूल बजारमा पाईने १० फूलहरूमध्ये ७ फूल कोलम्बियाका उत्पादन हुने गर्छन ।

लामो समयको आन्तरिक राजनीतिक दन्द्व र लागु पदार्थको कारोबार बाट आक्रान्त यो देशले बिगत पचास बर्षहरूमा पुष्प बयवसायमा बिश्वमै अग्रणी अर्थात फूल उत्पादन र निर्यातमा निदरल्यान्ड पछि दोस्रो स्थान लिन सफल भएको छ । अमेरिकाको मुख्य फूल आपुर्तिकर्ता कोलम्बिया हो । परम्परागत कफि पछि यस्को दोस्रो प्रमुख कृषिजन्य निर्यात गर्ने बस्तु फूल पर्छ ।

नेतृत्वमा भिजन भएको भए धेरै अवसर र संभावना भएको नेपालले पनि कृषिमा क्रान्ति गर्न सक्थ्यो ।

कसरि संभव भयो त !- सन १९६७ मा अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीबाट हार्टिकल्चर बिषयमा ग्राजुएट गरेका एक कोलम्बियन बिद्यार्थी डेभिड चेभरले अमेरिकी बजारमा फूलको संभावना देखे । आफ्नो देशको माटो र हावापानी बुझेका उनि स्वदेश फर्किए र केहि साथीहरुसँग मिलेर फ्लोरामेरिका भन्ने कंपनी खोले । सरकारको सहयोग, आफ्नो मेहनत र आफुले सिकेका सैद्वान्तिक ज्ञानलाई ब्यवहारमा ल्याउन सक्ने उपयुक्त बातावरण बन्यो र छोटो समयमै उनी फूल उत्पादन र अमेरिकी बजारमा फूलको बिक्री बितरणमा सफल बने । उनको कंपनी बिस्तारित भयो । कोलम्बियाको पुष्प ब्यबसायमा यसले क्रान्ति नै ल्याईदियो ।

देश बिदेशमा भएका भिजन, ज्ञान, सिप र बिज्ञतालाई चिन्ने र केहि गर्ने वातावरण बनाई दिए नेपालले पनि केहि गथ्र्यो होला ।

एसोकोफ्लोरेसको स्थापना-सन १९७३ मा पुष्प ब्यापार र निर्यात गर्ने संस्था वा समूह एसोकोफ्लोरेस (Asocolflores)को स्थापनाले कोलम्बियाको पुष्प ब्यबसायमा अर्को नया‘ आयाम सृजना गर्यो । यसले द्वन्द र लागु पदार्थ कारोबारबाट बिस्थापितहरुलाई हर्टिकल्चर संबन्धी तालीम र रोजगार दिने कामहरू गर्न २००३ मा स्कुल अफ फ्लोरिकल्चर स्थापना गर्यो । फूल उत्पादन, प्रशोधन सम्बन्धी एक बर्षे तालीम दिएर यस ब्यबसायमा काम र रोजगार दिने काम गर्न थाल्यो । धेरै मान्छेको जीवनस्तर सुधार भयो ।

दशरथ उप्रेती, अमेरिका

यस सँस्थाले फूलखेतीको संभावना, देशको प्राकृतिक अवस्था यस ब्यबसायको प्रतिश्पर्धात्मक क्षमता अध्ययन गरेर बिज्ञान र प्रबिधीको प्रयोगमार्फत तल्लो तह grass root मा उपलब्ध साधन र स्रोत प्रयोग गरि त्यसलाई आवश्यक प्राबिधिक\आर्थिक सहयोग, सिप र तालीम मार्फत पुष्प व्यवसायमा बिशेषत महिलाहरुमा उधमशीलताको बिकास गर्न थाल्यो । एक तथ्यांक अनुसार फूल व्यवसायबाट कोलम्बियाले १५०००० मान्छेलाई प्रत्यक्ष र अरु हजारौलाई अप्रत्यक्ष रोजगारी दिएको छ र जसमा ७० प्रतिशत महिला छन् ।

यो व्यवसायलाई सफल र दिगो वनाउन रासायनिक मलखादको कम प्रयोग, प्रांगारिक मल र प्राकृतिक बर्षाको उपयोगबाट वातावरणिय संतुलन कायम राख्दै गुणस्तरीय उत्पादनबाट रोजगार सृजना गरि फूलको उत्पादन, प्रशोधन, बजारिकरण र बिश्वब्यापी प्रबर्धनमा यो समुहले महत्वपूर्ण भुमीका खेलिरहेको छ ।

नेपालको फ्लोरीकल्चर एसोसियसनले पनि पुष्प मेला जस्ता परम्परागत कामहरुमा मात्र सिमित नभई आफ्नो सोच भिजन र कार्यको दायरा बढाउन आवस्यक देखिन्छ ।

दक्षिण अमेरिकी देशहरुमै उच्च जि डि पी दर भएको कोलम्बियाको कृषि क्षेत्रको योगदान करिब ८ प्रतिशत छ । कोलम्बियाको फूल उत्पादन र बितरणसँग सम्बन्धित सँस्था एसोकोफ्लोरेस (Asocolflores) को तथ्यांक अनुसार २०१७ मा यो देशले २,४६,११८ टन प्रशोधित फूल निर्यात गरेर १.४ बिलियन यु एस डलर नाफा गरेको रहेछ । अमेरिका, बेलायत, जापान, क्यानडा, रसिया र अन्य देशहरुमा समेत कोलम्बियाले फूल निर्यात गर्छ ।

बिज्ञान र प्रबिधीमा त्यति बिकास नगरेको बिकसोन्मुख देश कोलम्बियाले त्यहा‘ उत्पादन हुने अधिकांश फूलहरुको प्रजनन (breeding) डच ल्याबहरुमा गर्छ र अमेरिकाको पनि यो व्यवसायलाई बिभिन्न आर्थिक प्राबिधिक सहयोग रहेको छ । भिजन र अठोट भए बिभिन्न कठिनाइको बाबजुद पनि गर्न सकिन्छ र यसबाट सित्तैमा पाएको प्रकृतिक स्रोत साधन र मेहनतबाट सफलता र संबृद्दी हासिल गर्न सकिन्छ भनेर कोलम्बियाबाट नेपालले पनि केहि सिक्न सक्छ ।

फूल, चीन र कृषि पर्यटन-चीनमा फूललाई कृषि पर्यटनसंग जोडिएको छ । फूलको अर्थशास्त्रलाई कृषिको नयाँ आयाम मानेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न थालिएको छ । प्राकृतिक बनफूलहरु, प्रजनन गरिएका बिभिन्न प्रजातिका फूलहरु र कृषि जन्य फलफुलका रुख बिरुवामा लाग्ने फूलहरुले बसन्त मात्र होईन सबै सिजनमा मान्छेहरु रमाउने सैयौं स्थानहरु जस्तै किन्दा किन्दाओQingdao, , लिउजिआउ Liujiawu, , गाउजिआ Gaojia, लेपिंग Leping, र जिआञ्जि Jiangxi  जस्ता स्थानहरुमा बिकास गरिएका छन् । भनिन्छ, कतिपय स्थानमा त बसन्तमा फूलहरुको सागर नै देखिन्छ र सुगन्धको हावा चल्छ जस्ले धेरै बिदेशी पर्यटकहरुलाई आकर्षित गर्छ ।

नेपालले पनि गुराँस, पारिजात, बुकी, जाई, जुई चमेली, सुनाखरी, गुराँस, चाँप, चिमालो, प्याउली जस्ता बनफूल पाईने क्षेत्रहरु जस्तै पुर्बी पहाडी भागका केहि स्थान र रारा, खप्तड, डडेलधुरा जस्ता स्थानहरुलाई पर्यटनका महत्वपूर्ण स्थानको रुपमा सुधार र बिकास गर्न सक्छ भने तोरी, फापर, आँप, आरु, स्याउ, सुन्तला जस्ता अन्न र फलफूलका बोट बगानहरुलाई समेत बिकास गरि कृषि पर्यटनको बिकास गर्न सकिन्छ । निजी खेतबारी र बगानमा पर्यटक घुमाएर आर्थिक आर्जन गर्ने काम अन्यत्र पनि हुने गर्छ ।

फूल र नेपाल-नेपाली बजारमा रु.१ अरब भन्दा माथि फूलको कारोबार हुने गरेको देखिन्छ । यो सिजनल फूल, पुष्प गुच्छा, कट फ्लावर र फूलका बोट विरुवा सहितको बजार हो । बर्षेनी फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको संभावना बढ्दै गएको फ्लोरिकल्चर एशोशिएन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालय अन्तर्गत पुष्प व्यावसाय प्रवद्र्धन नीति २०६९ जारि गरिएको छ । आर्थिक वर्ष २०७१\७२ देखी पुष्प व्यावसाय प्रवद्र्धनका लागि करिब २ करोड र आर्थिक वर्ष २०७३÷७४ मा ४ करोड ७१ लाख बिनियोजन भएको रहेछ आर्थिक वर्ष २०७२\०७३ मा विनियोजन भएको ५ करोड बजेट भने समयमा पुष्प व्यावसाय अनुदान कार्य्विधि नआउँदा ३ करोड त फ्रिज भएको देखिन्छ ।

मानिसहरुको सामाजिक आर्थिक स्तर बढ्दै गएसंगै नेपालमा व्यवसायिक फूलखेती तर्फ आकर्षण बढिरहेको छ । धेरैजसो जिल्लाहरु जस्तै झापा, दाङ, चितवन, धादिङ, काभ्रे, नुवाकोट, बाँके, बर्दिया, सुर्खेत, धनगढी र काठमान्डौ उपत्यका वरिपरि र अन्य भु-भागहरुमा फूलको व्यवसायिक खेती गरिएको र गत वर्षभन्दा यस वर्ष बढि फूल उत्पादन भएको समाचार प्रशंसनिय हो । नेपाल फूलमा आत्मनिर्भर बन्दैछ । आर्थिक आर्जन हुने,सुन्दरता छर्ने र आनन्द दिने फूलको व्यक्तिगत र व्यवसायिक प्रयोजनको लागि उत्पादन हुने क्रम बढेबाट कृषिलाई टेवा दिन, रोजगारी र आय सृजना गर्न र वातावरण स्वच्छ र शुन्दर बनाउन यस क्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने आशा गर्न सकिन्छ ।

निष्कर्ष-कोलम्बिया र केन्या जस्ता देशहरुले गर्न सक्छन भने नेपालले फूल व्यवसायलाई बिकास र बिस्तार गर्न अवश्य सक्छ । जस्को लागि नेपाल फ्लोरिकल्चर एसोसियसन मार्फत यस संबन्धी तालिम दिन फ्लोरिकल्चर स्कूल स्थापना गर्न सकिन्छ । नेपाली माटो र हावापानीमा उत्पादन हुन सक्ने फूलका बिभिन्न प्रजातिहरुको बिबिधताको पहिचान गरी बिद्यालय तथा बिश्व विद्यालयहरुमा फूल सम्बन्धी अध्ययन गर्ने पाठयक्रम र फ्लोरिकल्चर विभाग स्थापना गर्न सकिन्छ ।

यसैगरी स्थानिय सरकारहरुले व्यक्तिगत र व्यवसायिक रुपमा फूल उत्पादन गर्न चाहनेहरुलाई परामर्श, सहयोग र तालीम दिने, फूल खेतीमा लागेकालाई प्रोत्साहन, आर्थिक–प्राविधिक सहयोग, यातायात–बजारको व्यवस्थापन गरी अध्ययन अनुशंधान र आधुनिक प्रजनन प्रबिधी प्रयोगबाट नेपालको माटो सुहाउने फूलका बीउहरु उत्पादन गर्ने, बिभिन्न देशका सरकार र अन्य बिदेशी संघसंस्थाहरुसँग समेत सहकार्य र सहयोगको लागि आग्रह गर्ने, निर्यात गर्ने बजारको पहिचान गर्ने, फूल छिट्टै नास हुने बस्तु भएकोले भण्डारण र प्रशोधन गर्ने स्थान, बजारमा पुर्याउन तिब्र कनेक्टिभिटी वा ढुवानीका साधन र कार्गो जस्ता कुराहरुको ब्यबस्थापन गर्ने र प्रबिधीको प्रयोग गरि यस व्यवसायलाई अनलाईन बनाउने जस्ता कुराहरुमा ध्यान दिएर काम गरे छिटो प्रतिफल दिने सजिलो र रमाईलो फूल खेती नेपालका बाँझा खेतबारीहरु र त्यसै अनुत्पादक बसिरहेका पल्टिङ गरिएका घडेरीहरुमा पनि हुने र धेरै मान्छेहरु स्वरोजगारको बाटोतर्फ अग्रसर भई आर्थिकोपार्जन गर्न सक्नेछन् ।

अन्तमा प्राकृतिक रुपमा सुन्दरताले भरिपूर्ण देश नेपालमा हरेक घरहरुमा फूलमय बातावरण, फूलैफूलका गाँउ बस्तिहरु, फूलसहर, फूलप्रदेश र फूलैफूलको देश अनि सबै फूल जस्तै मान्छेहरु भैदिए नेपाल साँच्चीकै स्वर्ग बन्थ्यो होला ! फूलैफूलको मौसममा यो लेख मार्फत फूल जस्तै पबित्र शुभकामना यहाँहरुलाई ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…