Sansar News- Nepal's Fast Khabar Online News Portal

‘निजगढ विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्छ’

संसार न्यूज़
३ हप्ता पहिले
‘निजगढ विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्छ’

११ कात्तिक, निजगढ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो ।

न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताए । आयोजना प्रमुख शर्माले वातावरणलाई ठूलो प्रभाव नपर्ने गरी विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो । दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्दा पुग्ने शर्माले बताए ।

अन्तरराष्ट्रिय मापदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा एक लाख २० हजार मात्र रुख काटे पुग्ने उनले बताए । विमानस्थल निर्माण गर्न आवश्यक दुई हजार ३५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको र बाहिर आएको हल्लाजस्तो जङ्गल नै सखाप पार्ने गरी रुख काट्नुनपर्ने शर्माले बताए ।

पूर्वपश्चीम राजमार्गको पसाह खोलादेखि पूर्व बकैयासम्मको वन क्षेत्रलाई १२ भागमा विभाजन गरी सो क्षेत्रमा रहेको रुख र त्यसका प्रजातिहरूको समेत अध्ययन गरिएको आयोजनाले जनाएको छ । साथै हाल संशोधित नियमावलीअनुसार एक रुख काटे बराबर १० रुख रोप्नुपर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपण गर्दा प्रतिहेक्टर ७०० रुख रोप्ने र जसका लागि कूल एक हजार ८५० हेक्टर क्षेत्रफल खाली जमीन आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपणका लागि प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही र प्रदेश नं ३ को मकवानपुरका केही खाली स्थानहरूको पहिचानसमेत भइसकेको आयोजना प्रमुख शर्माले बताए ।

जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाका बासिन्दाले भने विमानस्थल पूरा हुनुअघि नै आफूहरूको बासस्थानको टुङ्गो लगाउन माग गरेका छन् । टाँगिया बस्तीमा एक हजार ४७६ परिवारको बसोबास रहेको छ । टाँगिया बस्तीमा विसं २०३१ देखी बस्ती बसेको हो । अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम शुरु हुनुअघि नै आफूहरूको बस्तीको टुङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा बताए ।

आफ्नो बस्तीको बारेमा उचित स्थानान्तरणको प्रक्रिया टुङ्गो नलागी विमानस्थल शिलान्यास हुन नदिने अडानमा टाँगियावासी रहेका छन् । विमानस्थल निर्माण हुने पक्कापक्की भइसक्दासमेत सरकारले बस्ती स्थानान्तरणको विषयमा नसोचेको भन्दै स्थानीय चिन्तित भएका छन् । सरकारले सबैभन्दा पहिला बस्ती स्थानान्तरणको विषय टुङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका सल्लाहाकार डोरबहादुर बुढाथोकीले बताए ।

टाँगियाका बासिन्दाले आफूहरू विमानस्थल निर्माणको विरोधी नभएको तर आफूहरूको उचित व्यस्थापनको माग गर्दै आएका बताएका छन् । टाँगियावासीको समस्या र मागका विषयमा स्थानीय सरकार गम्भीर रहेको जितपुर सिमरा उपमहानगर पासलका–१६ का अध्यक्ष केदार बजगाईँले बताए । विमानस्थल आयोजना प्रमुख शर्माले स्थानीय सरकारको सहजीकरणमा बस्ती स्थानन्तरका लागि उपयुक्त ठाउँ छनोट गरिने र सकभर छिटो स्थानान्तरणको प्रक्रिया टुङ्गो लगाइने बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…