Sansar News- Nepal's Fast Khabar Online News Portal

सरल, समृद्ध, बैज्ञानिक र मीठो संस्कृत भाषा,पढ्नुहोस् रोचक जानकारी

भिम उपाध्याय
३ हप्ता पहिले
सरल, समृद्ध, बैज्ञानिक र मीठो संस्कृत भाषा,पढ्नुहोस्  रोचक जानकारी

संस्कृत भाषालाई प्रिय र सम्पर्क भाषा बनाएर समृद्ध बन्नतिर लाग्न सकिन्छ । यो भाषामा ज्ञानविज्ञान, अध्यात्म, दर्शनको विपूल खानी लुकेको छ । हामीले गर्व गर्ने ईतिहास, संस्कृति भनेकै यही न हो, नत्र हामी को हौं भनेर चिनाउने धरातल नै मासिने छ, मासिदै छ तर र मासिन दिनुहुदैन । यसो भन्दैमा यो भाषा स्कूल कलेजमा पढ्न पढाउन अनिवार्य भने बनाउनु हुदैन ।

स्वेच्छिक र एक्स्ट्रा क्लास लिन मिल्ने सुविधा भने सबै ठाउँमा अनिवार्य उपलव्ध हुनैपर्छ । टोल–टोलमा संस्कृत भाषा ज्ञान बारेमा क्लवहरू खोल्दै जानुपर्छ । संस्कृत जति जान्दै गयो, उति आनन्द आउने भाषा हो । यो हाम्रो पहिचानको जग हो । यसमार्फत नै हामी विश्वमै शिर उचा राख्न सक्ने हुदै जानेछौं । विश्वका अध्येताहरू संस्कृतप्रति आकर्षित हुदै गईरहेका र भैरहेका छन् । उनीहरू संस्कृतका आदिभूमिका बासिन्दा हामीबाट सहयोग पाउने आशामा रहेका पाईन्छन् । संस्कृत बोलेरै सिक्नुपर्छ , किनभने यो बैज्ञानिक व्याकरणबद्ध र समृद्ध भाषा हो । वाक्य पढ्न र वाक्य वनाउन भने ठूलो कलात्मकता चाहिने देखिन्छ । संस्कृतको अर्थ भनेको पनि ‘त्यही व्यवहार गर्ने हो जुन जीवनमा आनन्दप्रदायक हुन्छ ।’

चिनमा संस्कृत भाषाको पढाई सुरू भएको छ । संस्कृतप्रति चिनियाँहरूको रूचि बढ्दै गएको छ । संस्कृत विविका प्रा डा काशीनाथ न्यौपानेले त्यहाँ पढाउछन् ।

पश्चिम चीनको कान्सु प्रान्तमा संस्कृत भाषा पढाई सुरू भएको छ । कान्सु प्रान्तको सदरमुकाम लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना विद्यार्थीहरूले गत वर्षको असोज २४ देखि एक महिने संस्कृत शिक्षाको तालिम लिईसकेका छन् ।
चिनियाँहरूले बेइजिङ र काठमाडौं आएर समेत नेपाली भाषा पढ्ने क्रम बढिरहेका बेला चीनमै सँस्कृतमा समेत पढाइ सुरु गरिएको हो ।
एक ४८ वर्षीया छात्रा क्वान चिनलीको अनुभव छ, ‘संस्कृत पढ्नका लागि धैर्य राख्नुपर्ने रहेछ, जति बुझ्दै गयो त्यति रमाइलो लाग्ने, संस्कृत जटिल भएपनि रोचक र मैत्रीपूर्ण छ ।’

महान संस्कृत भाषा बारे केही रोचक जानकारी

१-संस्कृत अधिकाँश भाषाहरूको जननी भाषा हो ।

२-संस्कृत हिमवतखण्डको आधिकारिक भाषा हो ।

३-दक्षिण एशियामा मुगल साम्राज्य स्थापना हुनु अघिसम्म संस्कृत आयावर्तभरि कै राजकीय भाषा थियो ।

४-अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हो ।

५-संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरूमध्ये सबैभन्दा बढी शब्दहरू छन् र वर्तमानमा बोलिने लेखिने संस्कृत भाषाको शब्दकोशमा १०२ अरब ७८ करोड ५० लाख शब्दहरू छन् ।

६-संस्कृत कुनै पनि विषयका लागि एउटा विशाल भण्डार हो जस्तो कि एउटै हात्तीका लागि संस्कृतमा १०० भन्दा ज्यादा शब्दहरू छन् र एउटै शव्दको २५ रूप हुन्छन् ।

७-नासासँग संस्कृत भाषामा लेखिएका ६० हजारभन्दा बढी ताडपत्रका पाण्डुलिपीहरू छन् जसमाथि नासाले अनुसन्धान गरिरहेको छ ।

८-फोब्र्स म्यागेजिनले जुलाई १९८७ को अंकमा संस्कृत भाषालाई कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेको थियो ।

९-अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छ ।

१०-संस्कृत मात्रै एउटा यस्तो भाषा हो जुन बोल्दा जिब्राका सबै मांशपेशीहरूको उपयोग हुन्छ ।

११-अमेरिकन हिन्दु युनिभर्सिटीका अनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलाइ ब्लडप्रेसर, मधुमेह, कोलेस्टरोलजस्ता रोगबाट मुक्ति मिल्छ भने संस्कृतको प्रयोगले मानव शरीरको तन्त्रिका तन्त्र सक्रिय हुन गइ सकारात्मक उर्जा प्रवाहमा सघाउँछ ।

१२- स्पीच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुनाका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयोगी भाषा हो ।

१३-अहिले पनि भारतको कर्नाटकको मुत्तुर गाउँका मानिसहरू संस्कृतमा नै बातचित गर्दछन् ।

१४-भारतबाट प्रकाशित सुधर्म संस्कृतको पहिलो अखबार हो जुन सन् १९७० देखि प्रकाशित भएको हो भने अहिले यसको अनलाइन संस्करण पनि सुचारू भइसकेको छ ।

१५-नासाका वैज्ञानिकका अनुसार जब उनीहरू अन्तरिक्ष ट्राभलर्सलाई सन्देश पठाउँदा संस्कृत वाक्यमा पठाउने भएका छन् । अरू जुनसुकै भाषाका वाक्य उल्टिनाले अर्थको अनर्थ लाग्ने तर संस्कृतको वाक्य उल्टो भयो भने पनि अर्थ नबदलिने विशेषता रहेको छ ।

१६-तपाइँलाई आश्चर्य लाग्न सक्छ कम्प्युटरबाट गणितको हल गर्ने विधि Algorithms संस्कृतमा बनेको छ, अंग्रेजीमा होइन ।

१७-नासाका वैज्ञानिकहरूले बनाउन लागेको 6th र7th Generations super computers संस्कृत भाषामा तयार भएर सन् २०३४ सम्म बजारमा आइपुग्नेछन् ।

१८-जर्मनीका १४ विश्वविद्यालयहरूमा संस्कृत पढाइन्छ ।

१९-संस्कृतले दिमागलाइ तेज बनाउनाका साथै स्मरणशक्ति बढाउँछ । त्यसैले लन्डन र आयरल्याण्डका विद्यालयहरूमा संस्कृत अनिवार्य विषयका रूपमा पढाइन थालिएको छ ।

२०- हाल संसारका १७ भन्दा बढी देशहरूमा कम से कम एउटा न एउटा युनिभर्सिटीमा संस्कृत प्राविधिक शिक्षाका रूपमा पढाइन्छ ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…