Sansar News- Nepal's Fast Khabar Online News Portal

सुदूरपश्चिम सेवा समाज यूएईद्धारा आर्थिक सहयोग

संसार न्यूज़
२ हप्ता पहिले
सुदूरपश्चिम सेवा समाज यूएईद्धारा आर्थिक सहयोग

१३ कात्तिक, युएई । आपत् र बिपत्का परेका बेला सहयोगका लागि सधै अग्रसर रहने सुदूरपश्चिम सेवा समाज यूएईले स्वर्गीय नयाराम साउदको परिवारलाई रु ५०,००० (पचास हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।

उक्त आर्थिक सहयोग रकम सुदूरपश्चिम सेवा समाज यूएईका संस्थापक महासचिब तथा बर्तमान सल्लाहाकार मान बहादुर के.सी. ‘मुस्कान’ र टिकापुर नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर–४ का वडाअध्यक्ष दिर्घ ठकुल्लाले स्वर्गीय नयाराम साउदका घरमा गई साउदकी धर्मपत्नी निर्मला साउदलाई भेटेर संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा टिकापुर नगरपालिका प्रबक्ता तथा वडा नम्बर–४ का वडाअध्यक्ष दिर्घ ठकुल्ला प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिहरुमा पत्रकार महासंघ कैलालीका सदस्य तथा सुदूर सन्दर्भका सम्पादक भिम बहादुर बि.क., टिकापुर एक्स्प्रेसका सम्पादक मान बहादुर ठकुल्ला, ने.क.पा. नगर सदस्य तथा जनजाति सन्जालका वडा संयोजक जितराम चौधरी, ने.क.पा. नगर सदस्य धन सिंह साउद, दीपक साउद,अपाङ्ग सन्जालका वडास्तरिय संयोजक प्रमोद लोहार रहेका थिए ।

कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ४ घर भई यूएईको फस्र्ट सेक्युरेटी कम्पनीमा कार्यरत नयाराम साउदको गत ३० सेप्टेम्बर २०१९ का दिन दुर्घटनामा परि मृत्यु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णले सहयोगी मनहरुलाई धन्यवाद दिदै सुदूरपश्चिम सेवा समाज यूएईले गर्दै आएका समाज सेवाका कामको पनि प्रसंसा गरेका थिए ।

स्वर्गीय साउदकी धर्मपत्नी निर्मला साउदले सहयोग गर्ने सबै सहयोगी मनहरुलाई धन्यवाद दिदै आफुहरु दुःखद घडिमा हुँदा राहत दिनु भएकोमा सुदूरपश्चिम सेवा समाज यूएई लगायत सबैप्रति आभार व्यक्त गरेकी थिइन् ।

स्मरणरहोस् स्वर्गीय साउदको परिवारमा बुढी आमा, श्रीमती र नाबालक दुई छोरा छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…