Sansar News- Nepal's Fast Khabar Online News Portal

निषेधाज्ञा उल्लङ्घन गर्दा प्रहरीको गोली लागी एकको मृत्यु

संसार न्यूज़
७ महिना पहिले
निषेधाज्ञा उल्लङ्घन गर्दा प्रहरीको गोली लागी एकको मृत्यु

१४ कार्तिक कपिलवस्तु । कपिलवस्तुमा जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ ।

लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीयवासीबीच विवाद भएपछि जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका-२ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको हो ।

कृष्णनगर बजार क्षेत्रमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेदेखि लागू हुनेगरी अनिश्चित निषेधाज्ञा जारी गरेको छ ।

बुधबार भएको उक्त झडप उग्र बनेपछि निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । झडपमा परी केही स्थानीयवासी र प्रहरीसमेत घाइते भएका छन ।

विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकाले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

आज बिहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७०० मिटर, पश्चिम तर्फ ७०० मिटर,पूर्व तर्फ ३०० मिटरमा निषेधाज्ञा लगाएको जनाएको छ । निषेधाज्ञा आदेश अवज्ञा गरे कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ ।रासस

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…