Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकामा बस्दै आएका भारत्तोलक कार्कीलाई आयरल्याण्डमा स्वर्ण

संसार न्यूज़
३ हप्ता पहिले
अमेरिकामा बस्दै आएका भारत्तोलक कार्कीलाई आयरल्याण्डमा स्वर्ण

विजय थापा, १४ कात्तिक, डिसी । अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले मास्टर टु ( Master 2) २२० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वल्र्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् ।

कार्कीले एटलान्टामा सन् २०१७ मा सम्पन्न वल्र्ड पावरलिफ्टिंग आइपिएल प्रतियोगितामा मास्टर वान ( Master 1) प्राप्त गरि सकेका थिए ।

गत अक्टोबर २४ देखि अक्टोबर २७ सम्म सम्पन्न भएको वल्र्ड पावरलिफ्टिंग आईपिएल अन्तरराष्ट्रिय प्रतियोगितामा उनलाई स्वर्ण प्राप्त भएको हो । अक्टोबर २७ आइतबारका दिन आयरल्याण्डमा भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गर्दै नेपाल र नेपालीको नाम बिश्व सामू चिनाउन सफल भएका छन् ।

उनी गत अक्टोबर २५ शुक्रबारका दिन अमेरिकाबाट आएरल्याण्ड उडेका थिए । गत अक्टोबर २४ देखि नै सुरु भएको वल्र्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा बिभिन्न राष्ट्रका बिभिन्न तौल समूहका खेलाडीहरु पुगेका थिए ।

गत अक्टोबर २४ का दिन आयरल्याण्ड उड्नु एक दिन अगाडि खेलाडी कार्कीको मनोवल उच्च राख्न, हिम्मत र हौशला दिन भर्जिनियाका नेपाली समुदायले कार्यक्रमको आयोजना गर्दै उनलाई भब्य बिदाई गरेका थिए ।

उनले आयरल्याण्ड जानु अघि नेपाल र नेपालीको नाम राख्न कडा मेहनत गर्ने र कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका थिए । गत जुलाई १३ ,२०१९ का दिन उनलाई युएसपिएलमा स्वर्ण पदक प्राप्त भएको थियो ।

युएसपिएलमा स्वर्ण पदक प्राप्तसंगै आयरल्याण्डमा सम्पन्न वल्र्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा सहभागी हुन् ढोका खुलेको थियो । उनी उक्त प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे पछि पूर्व योग्यता (प्रिक्वालिफाईड) भएका थिए । स्मरण रहोस्, पूर्व योग्यता प्राप्त भएपछि मात्र आईपीएललको प्रतिस्प्रर्धामा प्रतियोगीको रुपमा जान पाइन्छ ।

कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि) का खेलाडी हुन् । अमेरिकामा नेपालीहरुको ईतिहासमा कार्की भारत्तोलनमा प्रवेश गरि अन्तरराष्ट्रिय सम्म पुग्ने पहिलो नेपाली मूलका भारत्तोलक हुन् ।

नेपालको भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आए देखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन् । उनले थुप्रै पदक प्राप्त गरि सकेका छन् भने उनी अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् ।

यसैगरी उनका सुपुत्र रुपेश कार्की पनि भारत्तोलक हुन् । आफ्नो वर्गमा स्वर्ण पदक बिजेता समेत रहेका रुपेश बाबुको बिडो थाम्दै बाबुलाई यहाँसम्म पुर्याउन अहम भूमिका निर्वाह गर्दै सहयोग र हौसला दिदै आई रहेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…