Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो भयो अमेरिकामा भाइटिका तस्बिरसहित

संसार न्यूज़
७ महिना पहिले
यस्तो भयो अमेरिकामा भाइटिका तस्बिरसहित

विजय थापा,वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् ।

नेपालकै समय अनुसार ११ : ५५ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका लगाईएको छ ।

चाडपर्व मध्येकै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । मंगलबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेहरुले कामबाट फर्के पछि भाईटीका मनाएका छन् ।

अमेरिकामा दिदिबैनी नहुनेहरु दाजुभाई नेपाल गएका छन् भने अमेरिकामा रहेका दाजुभाई भेट्न दशैँ र तिहारको लागि नेपालबाट पनि दिदिबहिनीहरु पनि अमेरिका आई दाजुभाईलाई टिका लगाई दिएका छन् ।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि आफ्ना बुवाआमा र दिदीबहिनी÷दाजुभाई समेतलाई बोलाउन सकिने हुनाले अधिकांशका दाजुभाई दिदिबहिनी अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् ।

नेपाली समुदायले चाडपर्वलाई नेपालमा जस्तै गरि काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिली बनाएर नेपाल कै जस्तै सामाग्री तयार गर दाजुभाईलाई दिदी बहिनले दिएका छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकुल पारेर काम बाट आएर साँझ देखि रातीसम्म भाईटीका लगाईएको छ । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा, कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाईटीका मनाएका छन् ।

यसदिन कौडा खेल्दा शुभ हुने भएकोले कतै कौडा समेत खेलेका छन् भने मनोरंजनको लागि तास पनि खेलेका छन् ।
नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्ताले ईसाईहरुको मुख्य क्रिसमस ( ईसाई पर्व ) थ्यांक्स गिभिंग (धन्यवाद दिवस )आदी बारेमा सानै देखि जानेका र बुझेका हुन्छन् ।

यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउदै नेपालीहरुका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन् ।

बिगत केही बर्ष देखि नेपाली समुदायको पहिलो पुस्ताले देउसी भैलो खेल्दै अमेरिकामा खोलिएका नेपाली पाठशालाका बिधार्थीहरुलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य, शहर, टोल र गल्ली गल्लीमाहरुमा खेल्न प्रोत्साहन गरेका छन् ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, काजु,किसमिस,मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका दक्षिणा दिई सम्मान प्रकट गरेका छन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…