Sansar News- Nepal's Fast Khabar Online News Portal

लुम्बिनी कपिलवस्तु दिवस अभियानद्धारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

संसार न्यूज़
३ हप्ता पहिले
लुम्बिनी कपिलवस्तु दिवस अभियानद्धारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

१४ कात्तिक, बेल्जियम । लुम्बिनी कपिलवस्तु विश्व अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको छ ।

अभियानको बेल्जियमका सभापति एवं युरोप सल्लाहकार दामोदर प्रसाद आचार्यले प्रधानमन्त्री अस्वस्थ्य रहेको खबरले अभियानले चासो र चिन्ता व्यक्त गरेको बताएका छन् ।

अभियानका सल्लाहकार आचार्यले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आफूहरु चिन्तित रहेको बताएका हुन् ।

‘नेपाल सरकारका सम्माननीय प्रधानमंत्री के पी ओली ज्यूको स्वास्थ्य अवस्थाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण हुन पुगेको छ,’ आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘समाचारको पछिल्लो अपडेट अनुसार १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको स्पष्ट भयो । उहांँलाई पुनः डायोलाइसिस गर्नुपर्ने अवस्थामा पुगेको र दुइपटक डायोलाइसिस गरिएको खबरले म लगायत हाम्रो संगठन अत्यंत चासो र चिन्तामा रहेको दुखका साथ जानकारी गराऊदछु । उहाँको र देशको भलो चिताउने सबैले एकरूपताका साथ भन्नुपर्ने विषय आज एउटै छ । उहाँलाई अब उपचारसँगै शारिरीक र मानसिक आरामको आवश्यकता छ । अन्त्यमा, यस परिप्रेक्ष्यमा उहाँको कांधमा रहेको गहकिलो राष्ट्रको जिम्मेवारी एक राष्ट्रप्रेमी, वरिष्ठ, सक्षम र इमानदार नेतृत्वलाई सुम्पनु राष्ट्र र उहाँको लागि श्रेयस्कर छ । प्रधानमंत्री ओलीज्यूको सिघ्र स्वास्थ्यलाभको लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछौं ।’

प्रार्थी
दामोदरप्रसाद आचार्य
युरोप सल्लाहकार
लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…