Sansar News- Nepal's Fast Khabar Online News Portal

असल मृत्यु संस्कार

भिम उपाध्याय
२ हप्ता पहिले
असल मृत्यु संस्कार

मानिसले मर्ने दिनको पनि पूर्वतयारी गरिरहनुपर्दो रहेछ । सन्तोषले भरिपूर्ण सुखद मरण भाग्यमानीको नसिबमा मात्र हुदो रहेछ । स्वर्गको वा नर्कको बास के हुन्छ त्यो भनेको ब्यक्तिको मर्ने क्षण वा बेलाको मनस्थितिले तय गर्ने रहेछ । मरणासन्न ब्यक्तिका नजिक साथमा रहेकाहरूले कोलाहल, चिच्याहट, कर्कस बोली वा रूवाबासी गर्न हुदैन, दुखित देखिनु हुदैन । भजन, हरिकिर्तन, प्रार्थना वा सुथिङ म्युजिक बजाईएको, ईश्वर मान्ने ब्यक्ति हो भने ईश्वरको नाम लिईरहेको, ब्यक्तिको प्रिय कुराहरूको उसको नजिक रहेको, घनिष्ट परिवार तथा प्रिय नातेदार, घनिष्ट मित्र उसको नजिक रहेको अवस्थामा उसको प्राण सहज जाने र बैकुण्ठको यात्रा वा स्वर्गको अनुभूति हुने हुन्छ ।

कसैको मृत्यु अकस्मात हुदैन, यसको पूर्व र उत्तर घटना हुने गरिरहेको हुन्छ । त्यसैले मृत्यु अगाडी र मृत्युको घटना पछाडी धेरै दिनसम्म प्राण जाने क्रम चलिरहेको हुन्छ । नर्मल मृत्यु हुन प्राण जान १३ दिन सम्म लाग्छ । त्यसपछि मात्र पूर्णत ः प्राण गएर पूर्ण मृत्यु हुन्छ । त्यसैले १३ दिनको किरिया वा शु्द्धिकरण विधान राखिएको हो । मृतकको शरीर बस्तु र परिवारको शरीर बस्तु नाता र घनिष्टता टुट्ने समय न्युनतम १३ दिन र विधान बमोजिम दाहसंस्कार र श्राद्ध गरिएमा न्युनतम् १ वर्ष लाग्छ भन्ने वैदिक बिज्ञानको मान्यता हो । जति चाँडो त्यो नाता टुट्यो त्यति मृतकको आत्मा र जिवीतको जीवनयात्रा सहज हुने हुन्छ ।

मृतकको चिनो जति कम रह्यो उसको मानसिक सम्झना जति थोरै भयो त्यति राम्रो मानिन्छ । त्यसैले हिन्दूहरूले शब जलाएर सबै चिनोहरू खरानी बनाउछन्, मृतकले प्रयोग गरेको सबै बस्तुहरू धनसमेत दान दिईन्छ । शारीरिक मृ्त्यु भन्दा मानसिक नाताको मृत्यु बढी पिडादायी हुनेगर्छ । जे गरेर हुन्छ मृतकसँगको मानसिक पिडाको मृत्यु चाँडो भन्दा चा‘ँडो गराउनमा हिन्दू विधि अब्बल हो । मर्ने मरेर गएपछि बाँच्नेहरू मानसिक पीडामा नरहून्, यस्तो परिस्थिति बनाउनु नै असल मृत्युसंस्कार हो ।

उपाध्याय नेपाल सरकार पूर्वसचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…