Sansar News- Nepal's Fast Khabar Online News Portal

गुल्मीमा नेकपाले लगायो उम्मेदवारको टुङ्गो

संसार न्यूज़
७ महिना पहिले
गुल्मीमा नेकपाले लगायो उम्मेदवारको टुङ्गो

१५ कार्तिक , गुल्मी । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।

सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए । नेपाली काङ्ग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन ।

पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए । तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ थियो ।

रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल रहेको थियो । तर पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हासिल गरेको थियो ।

वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साल साउन १३ गते निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याएका थिए ।

विसं २०७४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअनुसार उक्त वडामा कूल एक हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका–७ का वडासदस्य थम्मनबहादुर बस्नेतको पनि ०७४ साल भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्यबाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन । रासस

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…