Sansar News- Nepal's Fast Khabar Online News Portal

नारायणीमा हाम फालेका युवकको पहिचान हुन सकेन

संसार न्यूज़
७ महिना पहिले
नारायणीमा हाम फालेका युवकको पहिचान हुन सकेन

१५ कार्तिक, चितवन । लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन । उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अन्दाजी ३० वर्षीय पुरुषको शव नदीमा भेटिएको थियो । निजको हालसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

निजले साथमै अन्दाजी १० वर्षीय बच्चा बोकेको भनी प्रत्यक्षदर्शीले बताएका थिए । नदीमा खोजतलासका क्रममा ती बच्चा भने फेला पर्न नसकेको उनले जानकारी दिए ।

यही कात्तिक १० गते अपराह्न ४ बजेतिर ती युवक बच्चा बोकेर नारायणगढ बजार नजीकै पुलबाट नारायणी नदीमा हामफालेको भन्दै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए ।

उद्धारका क्रममा ती पुरुषको शव भेटिएको थियो भने बच्चाको अवस्था अज्ञात रहेको छ । शवको मुचुल्क उठाएर शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…