Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस् यस्तो छ तपाईको आज (कात्तिक १६ गते) को राशिफल

संसार न्यूज़
२ हप्ता पहिले
हेर्नुहोस् यस्तो छ तपाईको आज (कात्तिक १६ गते) को राशिफल

मेष- श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । आलस्य गर्ने बानीले काम भने अधुरो रहनेछ । बुद्धिविवेकले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

वृष-तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । अवसरका लागि दौडधुप गर्नुपर्ला । विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ ।

मिथुन- कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, पेसातर्फ महत्त्वाकांक्षी योजना थालनी हुने समय छ ।

कर्कटअवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन् । तापनि, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । अप्ठ्यारो स्थितिमा केही काम सम्पादन हुनेछ ।

सिंह-परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ ।

कन्या- निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् तर साइनो गाँस्नेहरूले समस्या निम्त्याउन सक्छन् ।

तुला-निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सानातिना काममा अलमलिनाले मुख्य काममा बाधा पुग्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । तर आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । तर सहयोगीको भरपर्दा काम बिग्रन सक्छ ।

वृश्चिक अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । बिस्तारै काम बन्नेछ । अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

धनु- सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । परिस्थितिवश कुनै काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । व्यापारमा राम्रो फाइदा हुनेछ ।

मकर-समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ ।

कुम्भ -आयस्रोत बढ्नेछ तर पछिका लागि केही वस्तु त्याग्नुपर्ला । अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

मीन-अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन् । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजा उत्साहजनक नहुन सक्छ । दैनिकी अलि व्यस्त रहनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

वि.सं. २०७६ कात्तिक १६ (२०१९ नोभेम्बर २)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…