Sansar News- Nepal's Fast Khabar Online News Portal

पाँच मुक्तक

प्रकाश घायल, फुटुङ्ग, काठमाडौं
२ हप्ता पहिले
पाँच मुक्तक

(१)

कालो चस्माले सुर्य छेकियो सोच्नु हुन्न
पीडित लाई बचनले कहिले घोच्नु हुन्न
जिन्दगी भन्नू नै सुखदुःखको खाल न हो,
ब्यथालाई गुम्साएर मन भित्र कोच्नु हुन्न ।।
(२)
यता घना जंगल त उतातिर तारे भिर देखेँ
मुटु बस्ने ठाउँमा अचेल ता–तातो झीर देखेँ
देश पीडाले छट्पटीदा कुर्सी हाँस्दै हेरिराछ,
सिमानामा दुस्मनले सोझ्याएको तीर देखेँ ।।
(३)
यथार्थ र सत्य भन्दा झुठ बोल्न जानिनँ
अमृतकै घडा भरिन्छ विष घोल्न जानिनँ
कर्ममा बिस्वास गरिन्छ खुराफाती जानिनँ
अर्को सत्य हस् बोल्न, हात मोल्न जानिनँ ।।
(४)
कविता कम धेरै मुक्तक पस्किन्छु अचेल
लजालु नयनको इसारामा मस्किन्छु अचेल
खुल्दुली मच्चिन्छ मनमा खै के हुन्छ कुन्नि,
सपना विपना तिम्रै यादले झस्किन्छु अचेल ।।

(५)
तिमी सामु हुँदा किन चल्छ मुटु यति जोड संग
जवानीमा फन्को लाउदा ठोक्के घुम्ती मोड संग
सुखदुख मिलन बिछोड जिन्दगीमा आउँछ कति,
मिलन संगै आउँदो रैछ बिछोड कति बेतोड संग ।।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…