Sansar News- Nepal's Fast Khabar Online News Portal

सिर्जना र साधना

आश्मा अर्याल
७ महिना पहिले
सिर्जना र साधना

सिर्जना, जस्मा कलाका अनेक आयाम र अभिव्यक्तिका शैलीहरू पर्दछन । त्यस्को प्राण साधना नै हुनुपर्छ भन्ने मेरो विचार हो । म यहाँ साधनालाइ दुई भागमा बिभक्त गर्न चाहान्छु ः एउटा बहिरंग साधना र अर्को अन्तरङ्ग साधना ।

बहिरंग साधना : यो प्राय धेरै कलाका साधकहरूले गर्दै आउनु भएको साधना हो । आफ्नो सिर्जनामा निखार ल्याउन र सिर्जनशील क्षमताको विकास गर्न सक्रिय चेतनाले भ्याए सम्मका ज्ञान लिनु र तीनलाइ बोलेर, लेखेर, चित्र बनाएर, गाएर, नाचेर, बजाएर या केही बनाएर प्रस्तुत गर्नु बहिरंग साधना हो ।

अन्तरङ्ग साधना : यो साधना निष्क्रिय चेतनाबाट गरिने साधना हो किनकि विचार र भावनाको प्रयोग र प्रचुर्ता त बाहिरी जगत, विषय र वस्तुहरूकै साधनाबाट खारिन सक्छन् । सबैले बुझ्ने भाषामा भन्ने हो भने मैले अन्तरङ्ग साधना भनेर उठाउन खोजेका विषयहरूमा स्वतस्फूर्त जन्मिएका सिर्जनाहरू, सर्जकहरू सिर्जना गरेर या ध्यानबाट शून्य भएको अवस्था, आफ्ना सिर्जना र सिर्जना साधनहरूसङ्ग सर्जकहरू एक भएको अवस्था र सिर्जनाको आफ्नो विषयमा एक किसिमको नशा पर्दछन् ।

बहिरंग र अन्तरङ्ग दुवै साधना किन गर्नु पर्छ सर्जक र कलाकारहरूले ? बाहिरी साधनाले हाम्रो बुद्धि र हृदयलाइ सशक्त बनाउछ । यस्ले गर्दा सिर्जनाको विषय छनोट, सम्वेदनशीलता र प्रस्तुतिकरणमा केही सुन्दर शैलीहरू जानिने र प्रयोग गर्न सकिने हुन सक्छ । तर मैले देखेकी छु राम्रो लेख्ने क्षमता भएका केही लेखकहरूले लेख्न छोडेको, सुनेकी छु गायक बादकहरूले जाड रक्सी अत्याधिक सेवन गर्नाले अकालमा मर्नु परेको र बुझेकी छु चित्रकार र मूर्तिकारहरूको धेरथोर निराशा । यी सबको कारण अन्तरङ्ग साधनाको कमी नै हो ।

हो, बहिरंग साधना तुलनात्मक रूपमा सर्जकहरूको जमातमा सर्वव्यापी र लोकप्रीय छ । त्यसो त बजारमा सस्तो लोकप्रीयता कमाउनका निम्ति सिर्जना गर्दिन भन्ने विचारलाइ दर्शन बनाएर वर्षौ आफ्नो सिर्जना बाहिर नल्याउने र अरूलाइ गाली गर्नेहरू पनि छन् । तर, यी दुवै अतिबाट माथि उठेर उर्जावान र बिश्रामपूर्ण अनि भावुक र विवेकी एक साथ हुन सके बल्ल हुन्छ सिर्जनाको आरती, जहाँ साधना र साधक एक हुन्छन, जहाँ भावनामा बगेर, शब्दसँग खेल्न नजानेर वा अल्छी भएर सिर्जना मर्दैन अनि जहाँ सर्जक डिप्रेसनमा गएको, नामको पछि लागेको र आत्महत्या गरेर गएको जस्ता कुनै पनि खवर सुन्नु पर्दैन । अनि पो ढुक्कसङ्ग भन्न सकिएला, ’सर्जक समाजका ऐना हुन ।’

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…