Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : फूलको जीवनचक्र

भुवन शिवाकोटी ‘चौघरे’,काठमाण्डौं
२ हप्ता पहिले
कविता : फूलको जीवनचक्र

यो तिहारमा पनि
ज-जसले फूल रोपेनन्
फूल फुलाएनन्
तिनले नै
फूलको घरबारी अँध्यारो पारेर
हँसिला
झरिला र भरिला मुन्टाहरू चुँडे

माया माया भन्नेहरूले
सियोधागोमा फूलका छातिहरू उने
पुजाका थालीहरूमा
कोमल फूलका वदन लुछे
पाखुरी चुँडे

बाजले लुछेका परेवाका प्वाँख जसरी
भुईंभरी पुष्पपत्र छरेर
दिपावली गरे
मान्छेले त्यसैमा अतुल्य रमाइलो देखे

दिदी बहिनीले दाजुभाइलाई पुजा गरे
गलामा हार झैं माला सजाए
दाजुभाइ दिदी बहिनीको आत्मसंमान
उँचो भयो

माला पहिर्याएपछि उज्यालिएको चेहरामा
सबैले खुसीमात्र देखे
मनभित्रका दुःखहरू देखिएनन्
त्यसरी नै
फूलको पीडालाई कसैले बुझेनन्
करौडौं फूलका लासहरू
कसैले देखेनन्

पराई खुसीको लागि
चुपचाप च्यातिएर फूल ओइलाउँदै गयो
दिन लम्मिदै गयो र रातमा हरायो

उज्यालो दिन मुस्कुराउँदा
बैंस मै वासना मारिएका फूलहरू
थुपारिएको आँगनमा
अब केहि दिनमा दुर्गन्ध फैलने छ
तर
माला उन्ने हातहरू
फूलको हार सजिएका छातीहरू
छि छि भन्दै
नाक थुनेर हिड्ने छन्
फर्किएर हेर्ने छैनन्
गज्जब छ
मायाको मानविय प्रबृति

फूल
अरूको खुसीकालागि जन्मिन्छ
अरूको खुसी र आस्थालागि
आफु मेटिन्छ

जीवनचक्र हो
अर्काे बर्ष
तिनै लासबाट
फूल बिउ भै फेरि उम्रने छन्
ढकमक फुल्ने छन् र हँसाउने छन
सपना झैं दुनियाँलाई

त्यतिबेला
आहा ! भन्दै फूल देख्ने
उनै स्वार्थी आँखाहरू हुनेछन्
फूलबारी रित्तो बनाएर
अल्पायु मै फेरि फूल च्यात्ने
फूल चुँड्ने र हारमा उन्ने
उनै स्वार्थी हातहरू हुनेछन्
जसले
कहिल्यै खुसीमा फूल रोपेका थिएनन् ।।

२०७६ कार्तिक १३, काठमाडौ

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…