Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : निसाशिएका विद्रोही आवाजहरु

अजम प्रधान, मिरिक, दार्जिलिङ
७ महिना पहिले
कविता : निसाशिएका विद्रोही आवाजहरु

नीरवता छाएको छ,
चकमन्न छ चारैतिर परिवेश,
कुनै ठुलो भूकम्पको पुर्वाभाषले
त्राही त्राही छ चियाबारीका बुट्टा बुट्टाहरु
अन्योलतामा अल्मलिरहेछ वरपरका जनजीवनहरु
उघ्रन सकेको छैन आकाश कालो मेघको लपेटमा परेर,
त्यसैले त होला शरदले पनि आफ्नो धर्म भुलेर
डाँको छोडी ग्वाँ ग्वाँ गर्दै रुदैछ हिज आज,
मुहार अन्ध्यारो छ सबैको,
छैन रौनकता कतैपनि,
मनभरि गह्रौं बोझ बोकेर हिडिरहेछ,हिडिरहेछ
ती निमुखा षड्यन्त्रको शिकार बनेका जीवनहरु ।

भुकभुकेदेखि गोधुलीसम्म एकोहोरो खट्छ अरुकैलागि,
स्वतन्त्र देशमा अझै पनि बधुवा मजदुर सरि,
आफ्नो अधिकारबाट वञ्चित छ ती निमुखाहरु,
खै कसले दिलाई दिने निमुखाहरुलाई आफ्नो अधिकार
खै कहिले लाग्छ ती निमुखाहरुको आङमा न्यानो घाम
सबै आश्वासन मात्र दिन्छन् स्वार्थमा चुर्लुम्म डुबेर
ती अबोला ,शोषित पिडित निमेकीहरुलाई,
तर कथनी र करणीमा ठुलो विभेद राखेर,
त्यसैले होला उ सँधै सँधै पिडित र शोषित हुन्छ
मालिकको…सरकारको….र ती चतुर अगुवाहरुको ।

अझै आएको छैन उनीहरुको घर घरमा
चाँड बाँड दशैं तिहारको रौनकता
आफ्नो अधिकारबाट सँधै वञ्चित बन्दै बाँच्दैछ,
सँधै ती संसारभरि बिहानै स्फूर्ति दिने जीवनहरु
अभावका घुट्की पिउँदै बाँच्दैछ ती निमेकीहरु
टाडो छैन अब ती दिनहरु निमुखाहरुले
बक्के फुटेर विद्रोहका आवाजहरु बुलन्द गर्दै
क्रुर,शोषक र सामान्तवादी स्वार्थी साम्राज्यमाथि
हिरोसिमा र नागासाकीमा प्रहार गरे जस्तै
एटमबमहरु जस्तै विष्फोट भई
ती निर्दयी ,क्रुर सामान्तीवादी साम्राज्यको अन्त गर्नलाई ।

होसियार ! श्रमिक शोषक निरंकुश सामान्तवादीहरु हो
अब चाँडै तिम्रो पैतलामुनिको जमिन धस्केर,
तिमीहरुको अहंकार टुक्रा टुक्रा भई छताछुल्ल हुनेछ,
निमुखाहरुका भावनासित खेलवाड गर्नेहरु
शान्त पहाडबाट विद्रोहका ज्वालामुखी विस्फोट भई
रातो र तातो लाभाहरुसंगै तिमीहरु अनि
तिमीहरुको सामान्तवादी शासनको अन्त हुनेछ,
त्यसपछि दशैं तिहारको रौनकता प्रत्येक निमेकीहरुको
घर दैलो र घरका आँगन आगनमा
मादलको धिन्ताङसंगै च्याब्रुङ र डम्फुको
समधुर तालमा देउसी र भैलो खेल्दै आउनेछ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…