Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : आर्यघाट र मानिस

सुधीर ख्वबि, ललितपुर
३ हप्ता पहिले
कविता : आर्यघाट र मानिस

एउटा तारा झरेर
खरानी भै बिलाए जसरी
एउटा साँझ पहाडको टुप्पोबाट
फेदमा खसे जसरी
मनको आँखाबाट
जिन्दगीको खुशी बगे जसरी
समय आगो भएर
दागबत्ती दिन तयार छ ।

यति बेला
सुसाइरहेको छ खोला
रोइरहेको छ बतास
मौन पर्खिरहेको छ चिता
निर्जिव देहको प्रतीक्षामा
र पीडाको सारङी रेटिरहेका छन्
आफन्ती आँसुहरू
क्रन्दन पोखिरहेका छन्
आत्मिय अनुभूतिहरू
केलाउँदै श्वास प्रस्वासहरू
लेख्दै जीवनका अन्तहरू
छुटाउँदै जीन्दगीका पलहरू
अन्तिम सत्य आत्मसात् गराउन
भोग्न दिन अन्तिम सत्य
गुन्जाएर शंखनाद क्रमश
सम्मोहित गरिरहन्छ आर्यघाट ।

हृदय आँसुले पखाले पनि
व्यथा पीडाले कोरे पनि
नयन सागर बने पनि
पुकारले अम्बर फाटे पनि
खुल्दैन बन्द त्यो परेली
गुनगुनाउँदैन त्यो अधर
डेग चल्दैन पाइलाहरु
आर्यघाटको निम्ता पाएको
त्यो मान्छेको

आखिरमा हार्छ आँसु
हार्छ हृदय
निको हुन्छ पीडा
नयन मुस्कुराउन थाल्छ
अम्बर इन्द्रेणीले सजिन थाल्छ
हृदय सुवाषित हुन थाल्दछ
जिन्दगी फेरि नाच्न थाल्दछ
फेरि एक पटक बिर्सिन्छ
आर्यघाट
र फेरि शुरु गर्दछ, मानिस
रिस, राग, मोह, द्वेष र क्लेषको जिन्दगी ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…