Sansar News- Nepal's Fast Khabar Online News Portal

थुतुनो बजारेर काम हुने दिन अब गइसक्यो

भिम उपाध्याय
२ हप्ता पहिले
थुतुनो बजारेर काम हुने दिन अब गइसक्यो

अहिले बिज्ञान, प्रविधिमा निरन्तर क्रान्तिकारी ईनोभेशन हुदैछ र विद्यमान सिस्टमलाई डिसरप्ट गर्दै जादा मै हुँ भन्ने मानिसहरू पनि किंकर्तव्यविमूढ र ट्वा‘ पर्दैछन् । विश्वभरि प्रविधिले समाजमा जबरजस्ति ल्याउने परिवर्तनसंग साथसाथै अंगालो मारेर हिड्न नसक्ने नेता, मुलुक, राजनीति, कानुन, प्रशासन र व्यावसायको दिनप्रतिदिन बेहाल हुदै जादैछ । अहिले प्रविधि प्रमूख ड्राईभिङ फोर्स बनिसकेको छ ।

राजनीति संचालन, कानुन निर्माण र परिपालन, प्रशासनिक एवं व्यवसाय कुशल संचालनतर्फ ईनोभेशन नगर्ने मुलुकका जनता झन् झन् फँसादमा फस्दै जादैछन् । यो दुनियाँको भाग्य यो बेलामा जस्तो पहिले कहिल्यै बैज्ञानिक र प्राविधिज्ञको हातमा थिएन । अब पनि प्रविधिकर्मीहरूलाई राजनीति र प्रशासनले अनुकूलता सिर्जना नगरिदिने हो भने सबै पक्ष संगसंगै भड्खालोमा जाकिदा अचम्म मान्नुपर्ने छैन । परम्परागत संस्कृतिबाट टेक्नोलजिकल संस्कृतिमा जति चाडो संक्रमण गर्न सकियो त्यति सुख र सुरक्षा पाईने छ । बुझे हुन्छ, लरोतरो गफ र थुतुनो बजारेर अब काम हुने दिन गइसक्यो ! विज्ञको खुट्टा मल्नुपर्ने युग तथा दिन आईसक्यो ।

हुन त आफैले मत हालेर नेपाली जनताले पनि यहाँका नेताहरू चुनेका हुन् । तर तिनले हामीले सेवक हैन मालिक पो चुनेका रहेछौं भनेर राम्ररी बुझ्दै गएका छन् । राज्य संयन्त्र र सरकार जनतालाई पीडा दिनका लागि हो, आजका नेताहरू भुईंतहबाटै नेता बनेता पनि चुनिएर सरकारमा वा सत्तामा पुगेपछि जनताबाट मालिकमा गोत्र परिवर्तन गर्ने जात हुन् भन्ने पनि बुझिरहेका छन् । त्यसैले यहाँ सरकार र जनता नदीका दुई किनारा जस्ता देखिदै छन् । जनतालाई सरकारले सेवा गर्ला, सहज राहत देला भन्ने त आजसम्म पनि लागेको थिएन, तर अलिकति पीडा कम गर्दिन्छ कि नयाँ सरकार बनेपछि भनेर मत दिएर नयाँ नयाँ सरकार बनाउने अवसर दिने गरेका चैं हुन्छन् ।

यसैले जुन सरकारले जतिसुकै मत पाएको होस्, सरकारको दीर्घायू होस् भनेर नेपाली जनता कहिले पनि पुजा वा प्रार्थना गर्ने गरेका देखिदैनन् ।
जबसम्म सरकारका निम्ति जनताले पुजाप्रार्थना गर्ने दिन र अवस्था ल्याईदैन नेपालमा सरकार नढले पनि जनता र सरकारको दिमाग अस्थीर रहिरहनेछ । जनतामा सरकार न आमा पट्टिको न बा पट्टिको भन्ने मनमा रहेसम्म वा सरकार र जनता एकात्म हुने परिस्थिति नबनाईएसम्म यो मुलुकमा ईन्द्रका बाउ चन्द्रलाई सरकार बनाउन दिए पनि सिन्को भाँचिनेवाला छैन ।

उपाध्याय, नेपाल सरकारका पूर्व सचिव हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…