Sansar News- Nepal's Fast Khabar Online News Portal

आवश्यक ऐन निर्माणलाई प्राथमिकता दिएका छौँ -अध्यक्ष तिमिल्सिना

संसार न्यूज़
४ महिना पहिले

१७ कार्तिक , ताप्तेजुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन् । संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उनले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताए ।

शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रदेशसभाले समेत संविधानअनुसार आवश्यक ऐनहरु बनाई स्थानीय तहका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।

जनताको जीवनस्तर माथि उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुनसक्ने भन्दै उनले यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औँल्याए ।

परम्परागत सोच र शैलीबाट माथि उठेर काम गर्न सके मात्रै जनताले दिएको जिम्मेवारी पूरा हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने उनको भनाइ थियो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका क्रममा ताप्लेजुङ आएका अध्यक्ष तिमिल्सिना आज त्यसतर्फ जाने बताइएको छ ।रासस

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) २ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…