Sansar News- Nepal's Fast Khabar Online News Portal

केदार प्याकुरेलले ‘नाच कान्छा नाच’ सम्म भनेको याद छ, पछि के भयो थाहा भएन

सुरेन्द्र श्रेष्ठ,बेलायत
२ हप्ता पहिले
केदार प्याकुरेलले ‘नाच कान्छा नाच’ सम्म भनेको याद छ, पछि के भयो थाहा भएन

 

हामी ९ कक्षामा हुँदा एउटा घटना घट्यो । त्यतिखेर केटाकेटीमा प्रेमपत्र लेख्ने काम भएछ । यो कुरा सरहरूले पनि थाहा पाउनुभएछ । विशेष गरी वीलबहादुर सरले यसमा अनावश्यक टाउको दुखाउनुभयो । एक दिन कक्षामा आएर रामकृष्ण, कृष्णकुमारहरूलाई बेस्सरी पिट्नुभयो । भोलिपल्ट हामीले सल्लाह ग¥यौँ । उहाँको कक्षा बहिष्कार गर्ने । उहाँ कोठामा आउँदा, हामी सबै बाहिर चौरमा बस्यौँ । उहाँले बोलाएपछि कोही भित्र छिर्न थालेकाले सबै गयौँ । त्यो दिन झनै निकै ठूलो स्वरमा झपार्नुभयो । मप्रति बढी विश्वास भएर होला । ‘ए तँ पढ्छस् कि पढ्दैनस् भन्दै, हेर गधा तँलाई काखमा राखेर पढाएको उपलब्धि यही हो ?  तेरो सिँगान पुछेको टाटा अझै मेरो हातमा लागेको छ, यही हो तेरो निर्णय’ भन्नुभयो । पछि कोठामा हामी केहीले कडा रुपबाट पढ्दैनौँ भनेपछि ‘म पनि तिमीहरूलाई ढाउँदिनँ’ भनेर निस्कनुभयो । १० कक्षामा पढाउन जाँदा पनि हामीले हल्ला गरेकाले उहाँले आखिर जागिर नै छाडेर काठमाडौं लाग्नुभयो ।

हामी स्कुलमा मिल्ने साथीहरूमा गणेशमान, महेश, शंकर थियौँ, पछि तीर्थ पनि थपियो । त्यतिखेर हामीले पनि ठूलाको नक्कल ग¥थ्यौँ । प्रायःजसो स्कुल सकेपछि खाजा खाएर सबैजना टुँडिखेलको छेउको जंगलमा गएर ऐँसेलु खाने ग¥थ्यौँ । त्यतिखेर आशा चुरोटको खुबै चल्ती थियो ।

गणेशमानको बुबाले पसलमा आउने ग्राहकहरूलाई दिन धेरै चुरोट राख्ने गर्थे । हामी प्रायः दिनहुँ एक÷दुई बट्टा सिध्याउँथ्यौा, बाँकी राख्दा देख्छन् भनेर । कहिलेकाहीँ याक चुरोट पनि ल्याउँथ्यौँ । एक दिन पवित्रले घरबाट लालीगुराँस चुरोट एक बट्टा ल्याएछ र मलाईसमेत लगेर कक्षा चलिरहेको बेलामा स्कुलको पानीट्यांकी पछाडि बसेर पिएका थियौा । महेश तत्कालीन इन्स्पेक्टर गणेशमान सिंह मास्केका छोरा थिए । बेलाबेलामा उनको क्वार्टरमा गएर त्यहाँ भएका ठुल्ठूला अंगुर खुब खान्थ्यौँ ।

तीर्थ शिक्षाको एकाउन्टेन्ट लक्ष्मण कर्माचार्यका छोरा थिए । उसका तीन दाजुभाइ बाबुसँगै चौतारा पुराना बजारमा वीरबहादुरको घरमा बस्थे ।त्यहाँ पनि बेलाबेलामा गएर पढ्ने खाजा, खाना खाने गरिन्थ्यो । त्यहीँ नजिक जयसागरसँग पनि संगत भएको थियो । उहाँले त्यतिखेर चलेको खैनीमा ल्वाङ सुकुमेल दालचिनी सबै मिसाएर मीठो खैनी बनाउनुहुन्थ्यो, कहिलेकाहीँ हामीले पनि चाख्थ्यौँ । अरूले थाहा नपाओस् भनेर भिक्सको बट्टामा राख्ने चलन थियो । हामी त्यतिखेर गैरीगाउँबाट सरेर बाले नयाँ बजारमा पञ्चवर्षे योजना राखेर बनाउनुभएको निकै ठूलो घरको छेउमै डेरा लिएर बस्न थालेका थियौ“ । गैरीगाउ“मा हुँदा त्यतिखेर जात्रामा सुरेन्द्र नेपाल श्रेष्ठ – मेरो आधा शताब्दी द्दढ बोकिने रथहरूको प्रभावमा परेर होला एक दिन हामी तीनै भाइसहित थुप्रै मान्छे मिलेर रथ बनायौँ । ढुंगाका देउता बनाएर बाजा बजाई घरमा ल्याएका थियौँ । ती तीनवटा ढुंगाहरू आमाले पूजाकोठामा राखेर पूजा गर्नुहुन्थ्यो ।

हामी मिल्ने साथीहरू एकै ठाउँमा बसेर पढ्ने र परीक्षामा झन्ग णेशमानकै घरमा सुत्थ्यौँ । गणेश म जानकी र गणेशको बहिनी लक्ष्मी एकै कोठामा बसेर पढ्थ्याँ र निद्रा लागेपछि त्यत्तिकै सुत्थ्यौँ । हाम्रो प्रायः बसाइ सेतो घरमा हुन्थ्यो । त्यतिखेर हामी सात/आठ कक्षामा पढ्थ्यौँ । त्यसभन्दा पहिले हामीलाई अम्बर सरले रामचन्द्रहरूको घरमा बस्दा त्यहीँ ट्युसन पढाउनुहुन्थ्यो । चौतारामा प्रायः सबै बच्चाहरू त्यहाँ आउँथे । अम्बर सर भनेपछि सबैले मान्थे र डराउँथे पनि । पिट्न परेपछि त बाँकी नै नराख्ने उहाँको बानी थियो । तर, माया पनि गर्नुहुन्थ्यो र बहुत हँसाउनुहुन्थ्यो । प्रत्येक वर्ष स्कुलको जन्मजयन्तीमा रमाइलो कार्यक्रम प्रस्तुत हुन्थ्यो । चौतारामा मात्रै नभई जिल्लाभरि नै सभापति र अझ त्योभन्दा बढी वकिलको नामले प्रचलित त्रिभुमान श्रेष्ठको घरमा हामी प्रत्येक दिन पढ्न जान्थ्यौँ ।

त्यतिखेर उहाँले आफ्नो घरमा जिल्लामै पहिलो लज आफ्नो छोरा शिवको नाममा शिव लज भनेर चौतारामा खोल्नुभयो । त्यहाँ राखिएका सबै सिरानीहरू बुकीको फूलका थिए । जुन हामीले धेरै दिनसम्म नजिकैको डाँडीगौंडा वनबाट संकलन गरेर ल्याएका थियौँ ।

आठ कक्षामा पुग्दाखेरि ०३५, ३६ सालतीरको राजनीतिक सरगर्मीले चौतारालाई पनि छाडेन । पहिलोपल्ट हाम्रो घरको छिँडीमा कृष्णभक्त सरसमेत आएर राजनीतिक शिक्षा दिनुभएको थियो । सुरुमा अखिल छैटौँको राम्रो प्रभाव थियो । त्यहाँ पछि पाँचौँ को पनि संगठन स्थापना गरे तर हामी धेरै अगाडि थियौँ । सुरुवातमा पहिलो जिल्ला सम्मेलन हुने बखत एक दिन अगाडि केन्द्रबाट देव गुरुङ आउनुभएको थियो र उहाँलाई नरमान दाइको घरमा राखेका थियौँ । उहाँले केन्द्रबाट सांस्कृतिक टोली आउने सम्भावना कम भएको बताउनुभएपछि रातारात केही गीत नृत्यहरू सिकेका थियौँ । तर भोलिपल्ट केन्द्रबाट ठूलो टोली आएकाले हामी ढुक्क भयौँ । त्यतिखेर कोही पनि आउँदैन भनेर थाहा पाएर सम्मेलनमा प्रश्न गर्न भनी स्कुलको चौरमा पाँचौँका ठूलै नेताहरु आएका थिए । तर पछि विश्व अधिकारीहरूले केही प्रश्न गर्ने इच्छा छ भने गरे हुन्छ भनेपछि उहाँहरू सुन्न स्कुल पछाडि गएको दृश्य हेर्नलायक थियो ।

त्यतिखेर स्वागत भाषण आनन्द दाइले गर्नुभएको थियो र प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो । केराको बोटलाई काटेर मात्र पुग्दैन जरासमेत उखेल्नुपर्छ भन्नुहुन्थ्यो । सम्मेलन सकेर धेरैजसो केन्द्रबाट आउनुभएका साथीहरू हाम्रो घरमा बस्नुभएको थियो । सिन्धुपाल्चोकबाट छैटौँ राष्ट्रिय सम्मेलनमा भाग लिन जयन्द्र दाइ, राजेन्द्र तुलसी गएका थिए तर पछि राजेन्द्र पाँचौँमा लाग्यो र अरु त पछिसम्म नै सँगसँगै थियौँ । ०३६ सालको चैत २४ गतेको नेपाल बन्दमा जुलुस पुरानो बजारबाट फर्कंदा अमीरलालको पसल छेउमा पुग्दा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार ग¥यो र चार जनालाई समातेर लग्यो । म भागेर कप्तान पाटीमा पुगेँछु । त्यहाँ पुग्दा बन्दुक पड्केको आवाज सुनियो । एक जना पुलिस आत्तिएर उसैको बन्दुक पड्केछ । धेरै दिनसम्म यसको प्रभाव परिरह्यो र भोलिपल्ट चौतारा बन्दको पनि आयोजना गरियो ।

८ कक्षामा पढ्दै गर्दा स्कुलमा पहिलोपल्ट स्ववियुको चुनाव भयो । हामीले पदम पराजुलीको नेतृत्वमा प्यानल उठायौँ, सह–सचिवमा म थिएँ । एक/दुई जनाबाहेक सबै हाम्रो बहुमत भयो । मेरो प्रतिपक्षमा तारा उठेकी थिइन्, हारिन् । एक वर्षसम्म स्ववियुले निकै उत्साहवद्र्धक काम ग¥यो । सांस्कृतिक कार्यक्रम, चन्दा संकलन, देउसीभैलो, जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरू आयोजना ग¥यौँ । भलिबल प्रतियोगिताले राम्रो प्रभाव पारेको थियो । त्यतिखेर केही साथी होस्टलमा बस्ने गर्दथे । हाम्रो प्रायः बास त्यतै हुन्थ्यो । धान रोप्ने, मकै छर्ने, हलुवा, खीर पकाउने काम पनि हुन्थ्यो । अन्तरसदन अतिरिक्त क्रियाकलाप हप्तैपिच्छे हुन्थे । जेहोस् दिनहरू रमाइलै बितेका थिए ।

हामी ९ कक्षामा हुँदा एउटा घटना घट्यो । त्यतिखेर केटाकेटीमा प्रेमपत्र लेख्ने काम भएछ । यो कुरा सरहरूले पनि थाहा पाउनुभएछ । विशेष गरी वीलबहादुर सरले यसमा अनावश्यक टाउको दुखाउनुभयो । एक दिन कक्षामा आएर रामकृष्ण, कृष्णकुमारहरूलाई बेस्सरी पिट्नुभयो । भोलिपल्ट हामीले सल्लाह ग¥यौँ । उहाँको कक्षा बहिष्कार गर्ने । उहाँ कोठामा आउँदा, हामी सबै बाहिर चौरमा बस्यौँ । उहाँले बोलाएपछि कोही भित्र छिर्न थालेकाले सबै गयौँ । त्यो दिन झनै निकै ठूलो स्वरमा झपार्नुभयो । मप्रति बढी विश्वास भएर होला । ‘ए तँ पढ्छस् कि पढ्दैनस् भन्दै, हेर गधा तँलाई काखमा राखेर पढाएको उपलब्धि यही हो ?  तेरो सिँगान पुछेको टाटा अझै मेरो हातमा लागेको छ, यही हो तेरो निर्णय’ भन्नुभयो । पछि कोठामा हामी केहीले कडा रुपबाट पढ्दैनौँ भनेपछि ‘म पनि तिमीहरूलाई पढाउँदिनँ’ भनेर निस्कनुभयो । १० कक्षामा पढाउन जाँदा पनि हामीले हल्ला गरेकाले उहाँले आखिर जागिर नै छाडेर काठमाडौं लाग्नुभयो । बागमती कोचिङ सेन्टर र बानेश्वरमा स्कुलसमेत खोलेर राम्रो गर्नुभएछ । बेलाबेला चौतारा आउनुहुन्थ्यो र काठमाडौंमा भेट हुँदा पनि बोल्नुहुन्नथ्यो । धेरैपछि चौतारा आउँदा अलिकति बोलचाल भयो ।

समा पढ्दा हामी सबै कक्षाका साथीहरू शिक्षक गंगा श्रेष्ठ र भवगती श्रेष्ठको नेतृत्वमा शैक्षिक भ्रमणका लागि पोखरा जाने निर्णय भयो । काठमाडौं महाबौद्ध लजमा बसेर गयौँ । फेवातालमा डुंगा चढ्दा गणेशमानले फोटो खिच्ने भनेर उठेका मात्र थिए यता कृष्ण पनि जुरुक्क उठेकाले ब्यालेन्स नमिलेर डुंगामा पानी पस्यो । कसो सबै जना डुबिएन । बेगनास, रुपा ताल बिन्ध्याबासिनी मन्दिर घुमेर रमाइलो भयो । ६ वर्षको हुँदा सहकारी घरमै बसेको बेला सानीआमाको घरबाट दसैंको टीका लगाएर बेलुकी खाना खाएर फर्कंदा जयन्द्र दाइसँग झगडा भयो । पछाडिबाट घचेट्दा लडेर लागेको खत अझै देब्रे निधारमा छ ।

प्रत्येक वर्ष चैत्र पूर्णिमामा बजारमा र घले गाउँमा रहेको देवीको रथयात्रा गरेर जात्रा मनाउने गरिन्थ्यो । जात्रामा यताउता नगए पनि नजिकतिर भने गइन्थ्यो । जात्रामा बजाइने बाजा साथ नाच्ने गर्थे । सबै घरहरुमा पूजा हुने हुँदा भोजको पनि व्यवस्था हुन्थ्यो । यताउता गएपछि खाना खान अनुरोध आउँथ्यो । त्यस दिन धेरै रक्सी पिएको त थिएनँ तर घलेगाउँमा गएर जाँड पनि पिएकाले मिसावट भएछ र बेस्सरी नाचेँछु । रिँगटा लागेर लडेछु । केदार प्याकुरेलले ‘नाच कान्छा नाच’ सम्म भनेको याद छ, पछि के भयो थाहा भएन ।

८ कक्षासम्म पढ्दा त त्यति राम्रो गर्न सकिएको थिएन तर यसपछि भने तेस्रो दोस्रो हुँदै गएँ टेस्टसम्म । परीक्षाभर निकै मिहिनेत गरेर पढ्थ्यौँ ।
सामूहिक अध्ययन ग¥थ्यौँ । तीर्थ, म र गणेश पहिलेदेखि नै सँगै पढ्थ्यौँ तर टेस्ट र एसएलसीमा भने कृष्णकुमार पनि थपियो । राति अबेलासम्म पढ्थ्यौँ । निद्रा नलागोस् भनेर चिया पिउँथ्यौँ । राति खीर, खिचडी र चाकु भात पकाएर खान्थ्यौँ ।

करिब सात महिनाको पर्खाइपछि बिहान ९ बजेको रेडियोमा एसएलसी रिजल्ट आएको समाचार प्रसारण भयो । त्यतिबेला गोरखापत्र समयमै आउँदैनथ्यो । दुई बस मात्रै चल्थे । टेलिफोन थिएन, आवासेटमा निश्चित समयमा मात्रै सम्पर्क हुन्थ्यो । बिहान सम्पर्क गर्दा मेरो नम्बर छैन भन्यो, धेरैपटक दोहो¥याउँदा पनि त्यही जवाफ आयो । जसअनुसार तीर्थ, कृष्ण, ऋषि र जानकी मात्र पास भएको बुझियो । म त अलमलमा परेको थिएँ । फेरि कसरी परीक्षा दिने किताबकापीहरू सबै छरपस्ट थिए । कसरी जम्मा गर्ने यी र यस्तै कुरा सोच्न थालेँ । आफ्नै आँखाले हेर्न नपाएसम्म विश्वास भने लागेको थिएन । बेलुकी ४ बजेतिर फेरि आवा गर्दा आफ्नो पनि नाम पास सूचीमा भएको कुरा थाहा पाउँदा दंग परेँ । एकैपटक एउटा परीक्षामा पास र फेल दुवै अनुभव गर्न पाएँ । त्यसअगाडि म कहिल्यै फेल भएको थिइनँ ।

टेस्ट परीक्षामा यति धेरै पढ्यौँ कि त्यति त कहिल्यै पढेनौँ होला । एकपल्ट हामी सबैजना सल्लाह गरेर राती घुम्न हिँडेका थियौँ । त्यतिखेर तुलसी, जानकी, गायत्रीहरूसँग भेट भयो । दसैं नजिकै थियो र पहिलोपल्ट चौतारामा चिउरा पेल्ने मिल तिलकमानको थियो । हामी सबैजना त्यहाँ गएर चिउरा चाख्दै खल्तीभरि राखेर हिँड्यौँ । गणेशको एउटा बानी अचम्मको थियो । परीक्षामा अरूको पनि नहेर्ने आफ्नो पनि नदेखाउने । कसैले चिट लेख्या छ कि छैन भनेर हेर्ने । सायद विज्ञान परीक्षा थियो । हाम्रो कोठामा जापनिज स्वयंसेवक गार्ड थिए । हामी खुबै सतर्क थियौँ ।

गणेश सँधैझैँ यताउति हेर्दै थियो । जापनिज सर आएर केही नभनी एकैपटक उत्तरपुस्तिका खोसेर च्यातचुत पारिदिए । हामी सबै छक्क प¥यौँ । पछि हेड सरले के कसो गरेर हो फेरि नयाँ कपी दिएर पुनः परीक्षा दिलाइयो । त्यसैले पनि हामीले अति नै मिहिनेत गर्नुपथ्र्यो । टेस्ट परीक्षामा हामी सबैजना पास भयौँ । २२ जनाले एसएलसी दिने भयौँ । म दोस्रो भएँ । बाँकी रहेको दुई महिनामा हामीले राम्रो तयारी ग¥यौँ । हाम्रै स्कुलको सेन्टरमा परीक्षा दिने हामी दोस्रो ब्याचका थियौँ । सधैंँझैँ यसपालि हामीले अध्ययन ग¥यौँ । मेरो कोठामा समूहमा बस्यौँ । कोठामा सुकाएर राखेको गाँजा चाख्न प¥यो भनेर पिएछु । भोको पेटमा नराम्रोसँग लाग्यो । बाटो हिँड्दा खाल्डाखुल्डी मात्रै देखेँ, पाइला चाल्न पनि बडो गाह्रो र सकस भयो । यस्तो अनुभव भयो जुन पछि कहिल्यै दोहो¥याइएन । बच्चामा बाजेले गाँजा पिउनुहुँदा मीठो वासना आउने हुनाले हामी वरिपरि बस्थ्यौँ । गाँजाको पात माड्न लगाउनुहुन्थ्यो । यसका गेडा खायो भने पेट दुःखेको निको हुन्छ भनेर दिनुहुन्थ्यो, मीठो लाग्ने भएर खान्थ्यौँ ।

एसएलसी परीक्षाको पहिलो दिन अंग्रेजी विषय राम्रो भयो । सबैले सल्लाह गरेर लेख्न पायौँ । सुरुमा भएर होला त्यति कडा पनि भएन । परीक्षा सकेपछि बडो उन्मुक्ति अनुभव भयो । रिजल्ट नआएसम्म भने ढुकढुकचाहिँ भई नै रह्यो । करिब सात महिनाको पर्खाइपछि बिहान ९ बजेको
रेडियोमा एसएलसी रिजल्ट आएको समाचार प्रसारण भयो । त्यतिबेला गोरखापत्र समयमै आउँदैनथ्यो । दुई बस मात्रै चल्थे । टेलिफोन थिएन, आवासेटमा निश्चित समयमा मात्रै सम्पर्क हुन्थ्यो । बिहान सम्पर्क गर्दा मेरो नम्बर छैन भन्यो, धेरैपटक दोहो¥याउँदा पनि त्यही जवाफ आयो ।
जसअनुसार तीर्थ, कृष्ण, ऋषि र जानकी मात्र पास भएको बुझियो । म त अलमलमा परेको थिएँ । फेरि कसरी परीक्षा दिने किताबकापीहरू सबै छरपस्ट थिए । कसरी जम्मा गर्ने यी र यस्तै कुरा सोच्न थालेँ । आफ्नै आँखाले हेर्न नपाएसम्म विश्वास भने लागेको थिएन । बेलुकी ४ बजेतिर फेरि आवा गर्दा आफ्नो पनि नाम पास सूचीमा भएको कुरा थाहा पाउँदा दंग परेँ । एकैपटक एउटा परीक्षामा पास र फेल दुवै अनुभव गर्न पाएँ ।
त्यसअगाडि म कहिल्यै फेल भएको थिइनँ । एसएलसीमा दिनभर म फेल भएको प्रचार भयो र बेलुकी पास भएको । हामी पाँच जनाले दोस्रो श्रेणीमा पास गरेका थियौँ । यसरी आठ वर्षको स्कुल जीवन समाप्त भयो । स्कुल जीवनका केही घटनाहरु रमाइला थिए ।

कक्षा ८ पढ्दा देवीथानको जात्रामा रक्सी खाएर नाच्दानाच्दै लडेको थिए । भोलिपल्ट सुनेका कुराहरू हुन कि हैनन् भन्ने छुट्याउन गाह्रो भयो । प्रत्येक वर्ष चैत्र पूर्णिमामा बजारमा र घले गाउँमा रहेको देवीको रथयात्रा गरेर जात्रा मनाउने गरिन्थ्यो । जात्रामा यताउता नगए पनि नजिकतिर भने गइन्थ्यो । जात्रामा बजाइने बाजा साथ नाच्ने गर्थे । सबै घरहरुमा पूजा हुने हुँदा भोजको पनि व्यवस्था हुन्थ्यो । यताउता गएपछि खाना खान अनुरोध आउँथ्यो । त्यस दिन धेरै रक्सी पिएको त थिएनँ तर घलेगाउँमा गएर जाँड पनि पिएकाले मिसावट भएछ र बेस्सरी नाचेँछु । रिँगटा लागेर लडेछु । केदार प्याकुरेलले ‘नाच कान्छा नाच’ सम्म भनेको याद छ, पछि के भयो थाहा भएन ।

भोलिपल्ट सुनेअनुसार त्यहाँ साथीहरूले मलाई उठाएर जानकीको घरमा पु¥याएका थिए । धेरै बेरसम्म होस नखुलेकाले घरमा पु¥याइदिनुपर्छ भन्ने सल्लाह गरे । सबै जना रिसाउनुभएछ । खाटमा नसुताएर भुइँमा सुताएछन् । भोलिपल्ट आफू यहाँ कसरी आइपुगेँ भनेर छक्क परेँ, मुख
देखाउन लाज लाग्यो । थकाइ लागेकाले कतै गइएन । रामचन्द्रको आमाले यसको बाबुछोराकै उल्टी सोहोर्नुप¥यो भन्नुभएको रहेछ । बुझ्दा धेरै पहिला मेरो बुबाले पनि त्यही घरमा पटकपटक नशामा उल्टी गर्नुभएको रहेछ ।

हामी प्रत्येक वर्ष कात्तिक पूर्णिमामा गौरतीमा हुने जात्रामा जिल्ला रेडक्रस र कहिले विद्यालय, कहिले शिक्षक संगठनको नाममा चिट्ठा थाप्न जान्थ्यौँ । यो क्रम धेरै समयसम्म चल्दै रह्यो । एकपटक हामी शिक्षक संगठनको तर्फबाट गएका थियौँ । जात्रामा खटाइएका प्रहरीहरूसमेत जाँड खाएर महिलाहरूलाई सताउँदै थिए । प्रहरी र सर्वसाधारणबिच ठूलो भनाभन भयो । त्यतिखेर विद्यार्थी आन्दोलनपछिका परिवर्तनका कुराहरूसमेत भइराखेकाले स्थिति त्यतिकै तातेको थियो । त्यस्तो मौका परेकाले झन् छाड्ने कुरा भएन । इन्स्पेक्टर कोमलचन्द्र कर्माचार्य समेतलाई हातपात भएछ । पछि त सबै प्रहरी एकीकृत पारेर पूरा नाकाहरू बन्द गरेर त्यतिखेर अलि चिनिएकाहरूलाई पक्राउ गर्न थाल्यो । हामी अलि सानै थियौँ । ठूलाहरू सबै तितरबितर भए । हामी सामान सुरक्षित राखेर गोठमा लुक्यौँ । भोलिपल्ट बिहान सामानहरू बोकेर चौतारा लाग्यौँ । स्थिति निकै तनावग्रस्त भएको थियो । ५० जना जतिलाई पक्राउ गरेको थियो । सकेसम्म धेरैलाई पक्राउ गर्न निकै कोसिस गरेका थिए । तुलसीमान श्रेष्ठ भने प्रहरीले लखेट्दा लखेट्दै उम्कन सफल भयो, करिब तीन दिनसम्म छलेरै बस्यो । यही कुरालाई लिएर बजार बन्दसमेत भयो सबै चौतारावासी एकगढ भएकाले प्रहरीले सबैलाई रिहाइ गर्न बाध्य भयो ।

३५/३६ सालदेखि हामी अखिल छैटौँमा लागेका थियौँ । जिल्लास्तरीय सभाहरु भइनै रहन्थे र म पनि सकभर सहभागी हुन्थे । मिटिङका लागि पहिलोपल्ट बलेफी गएका थियौँ । त्यहाँ मकै र गुन्दुक खाएको याद ताजै छ । राति अबेला घर फर्कदा गाली खाइएको थियो । त्यस्तै एकपटक जलविरे जाँदा पनि अबेर हुँदा घरमा गाली खाएको सम्झना आलै छ ।

विद्यालयमा युनियनको गठन भएपछि प्रत्येक वर्ष प्रगतिशील नाटक प्रदर्शन गर्न थाल्यौँ । त्यो क्रम त्यति धेरै चल्न सकेन । पहिला पनि अग्रजहरूले विद्यालयको जन्मदिनमा दिउँसो विविध कार्यक्रम र राति नाटक देखाउने गर्थे । कोही किन बर्बाद होस्, जाली, तमसुक, बसाइँजस्ता नाटकहरू देखाइन्थे । हामी निस्केपछि १/२ वर्षपछि भने प्रदर्शनी क्रम रोकिएको थियो ।

(प्रस्तुत सामग्री गैरआवासीय नेपाली अभियन्ता सुरेन्द्र श्रेष्ठद्वारा लिखित तथा रंग नेपालद्वारा प्रकाशित ‘मेरो आधा शताब्दी ‘को बाल्यकाल र विद्यालय जीवन शिर्षकबाट लिइएको हो ।)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…