Sansar News- Nepal's Fast Khabar Online News Portal

हरेक साल

बलराम तिमिल्सिना
२ हप्ता पहिले
हरेक साल

हरेक साल
भोकाहरूका खाली थालमा
सरकार ऋण पस्कन्छ
र आफू
सुनका थालमा सुनकै चम्चाले
अगस्ति भोजन गर्छ !

हरेक साल
झाडा पखाला लागेका बच्चाहरू
सरकारको दिर्घायुको कामना गर्दै
अल्पायुमै निदाउँछन्
र सरकार
बच्चाहरूको ओखती तस्करी गरेर
खोकी निको पार्न विदेश उड्छ !

हरेक साल
सित लहरले थला पर्छ मधेश
सित लहरसँगै विदा हुन्छन्
निमोनियाँ सल्केका बुढाबुढीहरू
र सरकार
ढिकुटीबाट खुसुक्क निकालेर
न्यानो कपडा किन्ने पैसा
अर्को चुनावको लागि जम्मा गर्छ ।

हरेक साल
पढ्दा पढ्दैका नानीहरू
पढाई छोड्छन् र गोठाला बन्छन्
पढाई छोड्छन् र खलासी बन्छन्
होटेलमा भाँडा माझ्ने बन्छन्
इट्टा भट्टामा माटो मुछ्ने बन्छन्
कान्छा बन्छन् , कान्छी बन्छन्
र सरकार
तिनीहरू समेतको अंश लाग्ने पैसा
खुसुक्क निकाल्छ
र आफ्ना छोराछोरी पढाउँछ !

यसरी हरेक साल
सवै मिलेर दुख गरिन्छ
सवै भएर राष्ट्रिय ढुकुटी भरिन्छ
त्यसपछि
कुनै खुङ्खार डनले जस्तै
औंलामा नचाउँदै ढुकुटीको चावी
सरकार हिसाव गोलमाल गर्छ
धन जति सरकारको भागमा
ऋण जति जनताको भागमा पार्छ !

२०७६|०७|१६
भक्तपुर

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…