Sansar News- Nepal's Fast Khabar Online News Portal

साम्राज्यवाद र यस्का कारिन्दाहरुले तपाईहरुलाई चैनले वाँच्न दिने छैनन्

भरत शर्मा
७ महिना पहिले
साम्राज्यवाद र यस्का कारिन्दाहरुले तपाईहरुलाई चैनले वाँच्न दिने छैनन्

माइला लामाहरुलाई चिनिदैन तर रबी लामीछाने र ज्ञानेन्द्र शाहीहरु जस्ताको पक्षमा केही मानिसहरु ज्यानै दिन तयार हुन्छन् !

शहिद तथा वेपत्ता योद्धाहरुका आश्रित परिवारको तस्विर कारुणिक छस घाइते तथा अपांग योद्धाहरुको जीवन अत्यन्त कष्टकर छ र क्रान्तीका लागि जीवनको प्रवाह नगरी विभिन्न मोर्चामा लडेका निष्ठावान क्रान्तिकारीहरु कहाँ के गरी बसेका छन् हिसाब किताब छैन तर नेताहरुको जीवनस्तर राजसी र विलासी छ ।

न लेखेर केही सप्रिन्छ न नलेखेर बस्न सकिन्छ स् समाजको सम्पूर्ण आयामलाई निर्देशित गर्ने राजनीतिले ठोस बाटो बनाउनै सकेन । कम्युनिस्ट पार्टीको सरकार छ, कम्युनिस्ट चरित्र छैनस पार्टीमा गुट उप-गुटका पसलहरु छन्, विचारको वहस छैन  । समाजवादी नीति, योजना र कार्यक्रम छैन समाजवाद समाजवाद भनेर समाजवाद कै अवमुल्यन गरिएको छ । पार्टीमा सामुहिक निर्णयको परिपाटी छैन । सरकार कम्युनिस्ट पार्टीको छ तर सत्ता कम्युनिस्ट चरित्र बिरोधी छ । शंका लाग्छ पार्टी र सरकारको मुख्य नेतृत्व वोरित यल्सिनमा बदलिने त होइन ? तत्काल न पार्टीभित्र रुपान्तरणको सम्भावना छ न त बाहिर उत्तम विकल्प छ । धेरैजसो वौद्धिकहरु पनि या अवसरवादको वर्कोभित्र म्याऊँ म्याऊँ गरिरहेका छन् या त अराजक विद्रोही बनेर नकारात्मकता फैलाएका छन् । समाज यस्तो उत्तरआधुनिकताको बाटोमा दौडिरहेको भान हुन्छ कि जनवादी संस्कृति लोप हुँदै अराजक छाडा संस्कृति मौलाएको छ । मार्क्स, एंगेल्स, लेनिन, माओ, किम इल सुं, भगत सिंह, फिडेल क्यास्ट्रो, चे ग्वोभारा, साल्भाडोर एलेण्डे, क्रिस होनी, पुष्पलाल, आदि विर्सिइदै अब्राहम लिंकन, सन्यात सेन, माहात्मा गान्धी, नेल्सन मण्डेला, विपिहरु । यद्यपि यिनीहरु उदारवादी थिए तर साम्राज्यवादसँग सम्झौता गरेका थिए । आदर्श बनिरहेका छन्स माइला लामाहरुलाई चिनिदैन तर रबी लामीछाने र ज्ञानेन्द्र शाहीहरु जस्ताको पक्षमा केही मानिसहरु ज्यानै दिन तयार हुन्छन् !!!

शहिद तथा वेपत्ता योद्धाहरुका आश्रित परिवारको तस्विर कारुणिक छस घाइते तथा अपांग योद्धाहरुको जीवन अत्यन्त कष्टकर छ र क्रान्तीका लागि जीवनको प्रवाह नगरी विभिन्न मोर्चामा लडेका निष्ठावान क्रान्तिकारीहरु कहाँ के गरी बसेका छन् हिसाब किताब छैन तर नेताहरुको जीवनस्तर राजसी र विलासी छ । वर्गीय सोच आफन्ती सोचमा बदलिएको छ । कम्रेडहरु, तपाईहरुसँग वर्गीय भावनात्मक चेत अझै गुमिसकेको छैन होला जस्तो लाग्छ । त्यसैले फेरि एकपटक हिजोका प्रतिबद्धता पुरा गर्न सम्पूर्ण रुप र सारमा जनपक्षिय रुपान्तरण सहित क्रान्तिका कार्यभार पुरा गर्न लाग्नुस् र हामी पनि लाग्छौं, होइन भने तपाईहरु पनि हिजोका दास र दलाल भन्दा कति फरक हुनुभयो र ? फेरि साम्राज्यवाद र यस्का कारिन्दाहरुले तपाईहरुलाई चैनले वाँच्न दिने छैनन् । वर्गीय चेतनाले ओतप्रोत कम्रेडहरु र जनताले मात्र तपाईहरुलाई हिजो पनि बचाए र भोलि पनि बचाउनेछन् । तपाईहरुको गौरवपूर्ण पक्षधरता पनि यसैमा निर्भर हुन्छ, वलिदानी नै भएछ भने पनि । समयमै चेतना आओस् ।
क्रान्तिकारी अभिवादन !!!

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ७ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…